रामेछाप पकरवासमा ट्रिपर दुर्घटना २ जना घाइते

रामेछाप पकरवासमा ट्रिपर दुर्घटना २ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पकरवास कलचौर भन्ने स्थानमा हिजो साँझ ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी चालक र सह–चालक घाइते भएका छन् । सित्खाबाट रजगाउँ तर्फ गिटी लिएर जाँदै गरेको अन टेष्ट ट्रिपर अनियन्त्रित भई नालामा पल्टेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी ट्रिपर चालक मन्थली नगरपालिकाका वडा नम्बर ८ का वर्ष २४ का भेष बहादुर माझी र सह चालक खाँडादेवी गाउँपालिका ४ पकरवासका वर्ष २६ का कृष्ण माझी घाईते भएको जिल्ला प्रहरी कार्याल रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार