रामेछापको बसाई आफनो लागि प्रेरक बन्यो : प्रहरी प्रमुख पाठक

रामेछापको बसाई आफनो लागि प्रेरक बन्यो : प्रहरी प्रमुख पाठक

पुरा एक वर्षको रामेछाप बसाईपछि सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख बसन्त पाठकले आफनो रामेछाप बसाई आफना लागि पे्ररक वनेको बताउन्ुाभएको छ । आफले रामेछाप बसाईका क्रममा यहाँको संचार जगत र नागरिक समाजबाट धेरै कुरामा प्रेरणा प्राप्त गर्न सफल भएकोले यसलाई अन्य क्षेत्रमा पनि उतार्ने प्रयास गर्ने पनि पाठकले बताउनुभयो । शुक्रबारबाट विधिबत रुपमा जिल्लाबाट विदाई भएर अन्तराष्ट्रिय विमानास्थल काठमाडौ सरुवा भएर जान लाग्नु भएका पाठकले विहिबार कार्यालयमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराउनु भएको हो । २०७६ साल पुसमा रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्माहाले देखि गरेको मोटो कामको प्रस्तुति र समिक्षा सहित स्थानिय संचारमाध्यमका प्रतिनिधिहरु संग विदाई साक्षत्कार गर्नै उदेश्यले आयोजित पत्रकार सम्मेलनमा प्रमुख पाठकले आफुले जिल्ला प्रवेश गरेसंगै काभिड महामारीको सामना गर्नु परेको भएपनि समग्रमा आफुले आफनो कार्यकाललाई नागरिक मैत्रीनै बनाउने प्रयासमा लगाएको बताउनु भयो । सो क्रममा पाठकले आफनो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा अमन चयन,महिला हिंसा,मानबअधिकार ,अपराध न्युनिकरण र प्रहरी संग जोडिएका अन्य क्षेत्रलाई पनि कानुनको पावन्दीमा रहेर निष्पक्ष निर्विबाद बनाउने प्रयाश गरेको बताउनु भयो । पत्रकार सम्मेलनमा सहभागि सबैजसो संचारमाध्यमका प्रतिनिधिहरुले जिल्लामा एक वर्षको विचमा प्रहरीबाट भए गरेका काम मध्य प्रहरी महिला सेलको कामबाट भने पुर्ण रुपमा सन्तुष्टि लिन सक्ने ठाउँ नरहहेको भन्दै यसको भूमिकालाई थप प्रभाकारी बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार