संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो सरकारको हो : माधव ढुंगेल

संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो सरकारको हो : माधव ढुंगेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं युवा नेता माधव ढुंगेलले कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिस्पर्धा गर्ने सरकार नभई मुलुकको समृद्धिको जगहाल्ने सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष समेत रहनु भएका ढुंगेलले केही समयको लोकप्रियताका लागि प्रतिस्पर्धा नभई संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो सरकारको भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको जन्मभुमि रामेछापको भंगरीमा नेपाल कम्युनिष्ट पार्टी रामेछाप नगर कमिटीले आयोजना गरेको गरेको भेलाको प्रमुख अतिथि समेत रहनु भएका ढुंगेलले सो कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पदको लोभमा आफना पक्षका केही साथीहरुले अर्कोे पक्षसँग मिलेर घात गर्ने काम गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी रामेछाप नगर कमिटीका अध्यक्ष राजकुमार श्रेष्ठ लगायत नेकपा ओली समुह रामेछापका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । केही दिन अघि रामेछाप नगर कमिटीमा रहेका अध्यक्ष, सचिव र तीन जना कार्यालय सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी एकताबद्ध रहेको सन्देश दिएका थिए । नेकपा ओली समुह रामेछापले यो सबै पदको लोभमा परेर पार्टी एकताबद्ध रहेको भन्दै गलत भ्रम फैलाएको भन्दै आपत्ती जनाएको छ ।

कार्यक्रमका केही झलकहरु तस्विरमा : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार