रामेछाप मन्थलीमा माईक्रोवस दुर्घटना १० जना घाइते,घाइते २ जनालाई काठमाडौँ लगियो

रामेछापको मन्थली नगरपालिका वडा नं ६ सेलेघाटमा आज माईक्रोवस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आज दिउँसो काठमाण्डौं बाट मन्थलीतर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब २० मिटर तल […]

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा २६ वटा मतदान स्थल संवेदनशील र बाँकी ४१ वटा मतदान स्थल सामान्य रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिनुभयोे । जिल्लाको अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था कडा परिने उहाँले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि जिल्लामा २ […]

रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए

रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएदेखी वैशाख १९ गतेसम्म १५ वर्षमुनिका ३७ हजार ७ सय ३१ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार ४२ हजार २ सय ९० जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ३७ हजार […]

निशुल्क शिक्षाको व्यवस्था गर्ने उम्मेदवारलाई मतदान गर्ने युवा मतदाताको चाहना

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा उम्मेदवारहरू मत माग्दै घरघरमा पुगिरहेका छन् । राजनीतिक दलनिकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिररहेका छन् । रामेछापका युवा मतदाता भने निशुल्क शिक्षाको प्रतिवद्धता खोजिरहेका छन् । पहिलो पटक मतदान गर्न लागेका युवाहरू भने उत्साहित छन् । शिक्षा र रोजगारीमा केही सहुलियत पनि खोजिरहेका […]

रामेछापमा परालको गुन्द्रीको प्रयोग हराउँदै जाँदा पुराना पुस्ता चिन्तित

घरमा पाहुना आउँदा प्रयोग हुने परालको गुन्द्री हराउँदै जाँदा पुराना पुस्ता चिन्तित बनेका छन् । आधुनिकतासँगै रामेछापमा तान लगाएर बुनिने परालको गुन्द्रीको सट्टा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । हिन्दु संस्कारमा चोखो निधो कार्यमा परालको गुन्द्रीको प्रयोग गर्ने परम्परा छ । पहिले घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न दिनुपनि प्रतिष्ठाको विषय हुनुका साथै […]

रामेछापमा चुनावको लागी आज मतपत्र आउँदै

स्थानीय तहको निर्वाचन आउन ११ दिन बाँकी रहँदा निर्वाचन आयोगले ६० जिल्लामा मतपत्र ढुवानीको काम सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले हिजोसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको र अब १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेको जनाएको छ । बाँकी जिल्लामा आज बिहानबाट पठाउने तयारी भइरहेको आयोगको भनाइ छ […]

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरू चुनाव प्रचारप्रसारमा व्यस्त

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा केन्द्रित भएका छन् । उम्मेद्वार र दलहरू घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोगमा लाग्दै गर्दा मतदाता भने नयाँ र सभ्य शैलीको अपेक्षामा छन् । रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा व्यस्त छन। नेपालमा भने सञ्चारमाध्यम बाहेक उम्मेद्वारहरूले स्वस्फुर्त […]

निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुँदै

जिल्ला निर्वाचन कार्यालय रामेछापले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ । हिजो नामावली सार्वजनिक गरेको आयोगले आज दिनभरी उम्मेदवारी फिर्ता लिन समय दिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरु बेलुकी ५ बजेसम्मको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने जनाएको छ । त्यसपछि भने अन्तिम नामावली प्रकाशन गर्नेछ ।

रामेछाप रामपुरमा भान्जाले खुकुरी प्रहार गर्दा मामा घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन । भान्जाले मामालाई खुकुरी प्रहार गर्दा मामा घाइते भएका हुन । आज(बुधबार) घरायसी काम सकेर आराम गरिरहेको समयमा वर्ष ५७ का हेम ब तामाङलाई उनका भान्जा वर्ष ३७ का झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको […]

रामेछापमा स्थानीय तह चुनावका लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

रामेछापमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको छ । जिल्लामा मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक निर्वाचन सामग्री प्राप्त भएको निर्वाचन कार्यलयल रामेछापले जनाएको छ । स्थानीय तह निर्वाचमा प्रयोग हुने ५८ प्रकारका चुनावी सामग्री जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका कम्युटर अपरेटर सन्जय भण्डारीले जानकारी दिनुभयो । […]