रामेछापमा बलियो बन्दै लोकतान्त्रिक वाम गठबन्धन

रामेछापमा बलियो बन्दै लोकतान्त्रिक वाम गठबन्धन

निर्वाचनको महायज्ञमा होमिएका रामेछापका लोकतान्कि वाम गठबन्धन दलका उम्मेदवारहरु अझ बलियो बन्दै गएका छन् । टिकटका आकांक्षि धेरै भएका कारण उम्मेदवारी मनोनयन गरे लगत्तै ति दलहरुमा केहि समस्या देखिएको भएपनि अहिले सवै मिलेको गठबन्धन दलका नेताहरुले बताएका छन् । आन्तरिक समस्याका कारण केहि असन्तुष्टिहरु गठबन्धनमा देखिएको भएता पनि तिहार सकिएसंगै अहिले गठबन्धनका दुइ ठुला दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सवै नेता तथा कार्यकर्ताहरु चुनावी माहौलमा होमिएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्जार्च एवं केन्द्रिय सदस्य श्यामकुमार श्रेष्ठले बताउनुभयो ।

यस अगाडि निर्वाचनको घरदैलो कार्यक्रममा नदेखिएका नेता तथा कार्यकर्ताहरु समेत अहिले नागरीकहरुको घर घरमा मत माग्न पुगेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । अहिले काँग्रेस र माओवादी केन्द्रका सवै एक भएर घरदैलो गर्दै हिडेको नेपाली काँग्रेस रामेछापका सभापति एवं उक्त पार्टीबाट संघिय सांसदका लागि उम्मेदवार बनेका पूर्णबहादुर तामाङ्ग (कान्छाराम ) ले बताउनु भयो । गठवन्धन दल भित्रको एकतासंगै अहिले संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ( कान्छाराम ) र प्रदेश सभातर्फ प्रदेश सभा १ मा तारानारायण श्रेष्ठ र प्रदेश सभा २ मा युवराज चौंलागाईंले अन्य उम्मेदवारलाई धेरै पछाडि पारेका छन् । निर्वाचनको दौडमा लोकतान्त्रिक वाम गठबन्धन निकै आगाडि रहेको ति दलका नेताहरुको दावी छ ।

सामाजिक कामले राजनितिमा स्थापित भएका नेपाली काँग्रेसका संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ०७४ सालको आम निर्वाचनमा समेत संघिय संसदका लागि झिनो मतले पराजित भएका थिए । त्यतिवेला एमाले र माओवादीको गठवन्धन हुँदा समेत थोरै मतको अन्तरले पराजित तामाङ्ग अहिले ६० हजार भन्दा बढी मत ल्याएर विजयी हुनेमा विश्वस्त छन् । उनले आफ्ना प्रतिस्पर्धि एमालेका कैलाश प्रसाद ढुंगेललाई आधा भन्दा बढी मतले पछाडि पार्ने दावी गरे । यद्यपी एमालेका उम्मेदवार कैलाश ढुंगेल पनि चुनावी मैदानमा कस्सिएर लागेका छन् । प्रदेश सभा १ मा पनि माओवादी केन्द्रका तारानाराण श्रेष्ठ र प्रदेश सभा २ मा माओवादी केन्द्रका युवराज चौंलागाई पनि एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल र मिलन घिसिङ्ग भन्दा निकै आगाडि भएको गठबन्धन दलको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार