कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जेष्ठ नागरिकको गएराती मृत्यु भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएका महोत्तरीका ६० बर्षका शशि भुषण झाको गएराति मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । मृतकको शव […]

बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खुल्यो, जोखिम कायमै

सरकारले लगाएको लकडाउन अर्थात् बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खोलेको छ । कोरोना सङ्क्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै बेला सरकारले लकडाउन खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को हिजोको निर्णयपछि ११ चैतदेखि लागू गरिएको लकडाउन आजदेखि अन्त्य भएको हो । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय […]

नदि किनारका बस्तीलाई सतर्क रहन रामेछाप प्रशासनको आग्रह

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ । पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर रामेछापका सुनकोशी र तामाकोशी नदिका किनाराका बस्तीहरु नवुघाट , विर्ताघाट , चुकिया घाट , हर्दिनी घाट , कोरमाना , नवलपुर घाट , तल्लो खैरेनी घाट , लुवु , सित्खा , डप्खा , पुच्छिघाट […]

रामेछाप जिल्लामा ६९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ६९ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला २ र पुरुष ६७ जनालाई क्वारेन्टिनमा राखिएको हो । मन्थली नगरपालिकामा २१ , रामेछाप नगरपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ८ , खाँडादेवी गाउँपालिकामा ७ , सुनापति गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ७ जना […]

रामेछाप जिल्लामा ५ सय १७ जनाको पीसीआर

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म ५ सय १७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ८६ जनाको पीसीआर नेगेटिभ आएको छ । ८ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । जिल्लाका २३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर गईसकेका छन । […]

निरन्तरको वर्षाले रामेछापको जनजीवन प्रभावि

केही दिनदेखी परेको अविरल वर्षाले रामेछापको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । रात दिन झरी परेपछी ग्रामीण क्षेत्र जाने सडकहरु अबरुद्ध भएका छन भने खेतिपाती लगाउने बेलामा झरिले नराम्ररी प्रभावित बनाएको किसानहरुले बताएका छन । झरिले किसानहरुले लगाएको भर्खर सुत्ला च्याप्दै गरेको मकै ढलेको रामेछाप सुकाजोरका कृषक गोपाल महताराले बताउनुभयो । कृषि , पशुपालनसँगै व्यवसायमा […]

रामेछापको उमाकुण्ड गाउँपालिकाको अपिल

केही दिन देखि निरन्तर भैरहेको वर्षाको कारण रामेछापको उमाकुण्ड गाउँपालिका पुर्ण रुपमा प्रभावित भएको छ। वर्षा संगै आएको बाढी र पहिरोको कारण गाउँपालिकाको सबै वडाहरुको धेरै मानव बस्तिहरु उच्च जोखिममा परेका छन । गाउँपालिकाका मुख्य तथा सहायक सडक हरु बाढी र पहिरोको कारण अबरुद्ध भैरहेको छ भने सरकारी तथा गैरसरकारी भवन तथा सांस्कृतिक सम्पदाहरु समेत […]

पहिरोका कारण सिन्धुली सहित विभिन्न सडकखण्ड बन्द

सिन्धुली । केही दिनदेखि परिरहेको पानीका कारण पहिरो खस्दा विभिन्न सडकखण्ड बन्द भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ । यस्तै धादिङ र चितवनको सीमामा […]

रामेछापको मन्थली खिम्ती सडक खण्डमा पहिरो

आइतबारबाट देशभर लगातार वर्षा भैरहेको छ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा भौतिक तथा मानविय क्षेती गरिरहेको छ । रामेछापमा भने अहिलेसम्म वर्षा पछिको बाढी पहिरो लगायतका कुनै घटना नभएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । तर साउन ८ गते बिहीवारसम्म निरन्तर वर्षा हुने भएकाले सम्भावित घटनालाई मध्येनजर गरी आवश्यक […]

राप्रपा चितवनद्धारा उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

चितवन ।अविरल बर्षाको कारण चितवन जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिती चितवनले दुुःख व्यक्त गरेको छ । नारायणी, राप्ती, रिउ, कयर लगायतका नदिमा आएको बाढी तथा पहाडी क्षेत्रमा गएको पहिरोमा परि जनधनको क्षती भएको प्रती आज (शनिवार) विज्ञप्ती जारी गरि दुःख व्यक्त गरेको हो ।  वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक […]