रामेछापका १३३ जनाको पिसिआर रिपोट आउन बाँकी,३० जना क्वारेन्टिनमा

रामेछापका १३३ जनाको पिसिआर रिपोट आउन बाँकी,३० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ६ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जिल्लामा हालसम्म ८ सय ३६ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ५० , तामाकोसी अस्पतालमा ४९ , मन्थली नगरपालिकामा ३ सय १८ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ६५, खाँडादेवी गाउँपालिकामा ५५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२, दोरम्बा गाउँपालिकामा ३४ , लिखुतामाकोशी उँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका ३० जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा विहिबार अर्थात आजसम्म ३० जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र २७ जना पुरुष गरि ३० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा ९ ,रामेछाप नगरपालिकामा ६ ,गोकुलगंगा गाउँपालिकामा १ र लिखुतामाकोशी गाउँपालिकामा १४ जना गरी जिल्लाभर ३० जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड ,दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ३ बेडको आइसोलेशन कक्ष र ५ सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार