वडाका नागरिकहरुको मन जित्ने गरी काम गर्दै छु : वडाअध्यक्ष कार्की

वडाका नागरिकहरुको मन जित्ने गरी काम गर्दै छु : वडाअध्यक्ष कार्की

२०७२ सालमा नयाँ संविधान बनेपछि देशमा तिन तहको संरचना बनेको छ । संविधानले स्थानीयलाई २५ प्रकारका अधिकारहरु दिएको छ । कतै कतै ति अधिकारहरु स्थानीय निकायहरुमा दुरुपयोग भएको समाचार आईरहेको पनि छन् । सक्षम, कुशल जनप्रतिनिधि भएका स्थानीय तहहरुमा तारिफ लाग्दा कामहरु भएका उदारणहरु पनि छन् । त्यस्तै उदारण रामेछाप नगरपलिका बडा न. ७ का वडा अध्यक्ष समीर कार्की हुन् । उहाँले आफ्नो वडामा खानेपानी, सडक, भ्युटावर, खेलकुदको लागि कवडहल, किसानका लागि मल, बिउ, बिजन, र प्रोत्साहन जस्ता कार्यक्रम गरेर नागरीकको मन जित्न सफल भएका छन । वडा अध्यक्ष समिर कार्कीसँग मोहन कार्कीले गर्नुभएको कुराकानीको सम्पादित अंश : 

तपाई वडा अध्यक्ष भईसकेपछि महत्वपुर्ण कामहरु केके गर्नुभएको छ बताईदिनुस न ?
नयाँ संविधान जारी भईसकेपछि हामी निर्वाचनमा गयौ निर्वाचनमा जनताले मलाई महत्वपुर्ण मत दिएर जिताउनु भयो मलाई अमुल्य मत दिनुहुने आम जनतालाई धन्यवाद दिन चाहान्छु । त्यतिवेला चुनावको बेला मैले गर्न सक्ने कामको मात्र प्रतिबद्धता गरेको थिए । ति प्रतिबद्धताहरु पुरा गर्न निर्वाचित भएको दिनदेखि नै वडाका बिकास निर्माणका काम र खानेपानी, बिधुत, टेलिफोन, सडक, भौतिक पुर्वधारलाई प्रथामिकता राखेर र अन्य कृषि, रोजगार, प¥यटन, खेलकुद, ब्यापार ब्यवसाय, संस्कृति, नेपालकै लोपउन्मुख जाति हायुहरुको संक्षण देखि रामेछापको धार्मिक प¥यटन लगायतका क्षेत्रमा काम गर्ने वडालाई आर्थिक समृद्धि कसरी बनाउन सकिन्छ भनि योजना बनाएर काम शुरु गरेका थियौ । यो पहिलो चरणमा योजना बनाएका थियौ ।

दोस्रो चरणमा योजनाको बजेटरी र स्रोतको परिचालन गरेर काम शुरु गरेका छौ । अहिले यो ३ बर्षको अवधिमा तपाईहरुले पनि हेर्न सक्नुहुन्छ मैले नेतृत्व गरेको वडाको भालुखोप क्षेत्रमा भ्युटावर बनिसकेको छ । जसले प¥यटन बिकासमा टेवा पु¥याउन थालिसकेको छ । अर्को हेर्नुहुन्छ भने सेलेघाट रामेछाप नगर हुदै साघुटार ओखलढुङगा जोड्ने प्रमुख सडकको अध्ययन सकेर काम शुरु हुन लागिरहेको छ । तर कोरोनाको संकटका कारण रोकिएको छ । त्यो सहज हुने बित्तिक्कै काम शुरु हुन्छ । यो मैले प्रमुख सडकको कुरा गरे, अर्को साहायक सडकहरु जस्तै बिर्ता मुडाजोर हस्पिटलचोकसम्म १५ किलोमिटर सडक जोडिसकेका छौ भने पुरानो रामेछापको हुलाकी मार्ग भनेर चिनिने बाटोलाई सडकको सञ्जालमा जोड्ने योजना अनुसार ….धनेघाट..मोटरेवल पुल निर्माणको डिपीआर तयार गरिसकेका छौ । त्यो बनिसकेपछि गोलटार, हलेसी, ओखलढुङगा सम्म हाम्रो सडक सञ्जाल जोडिने छ ।

रामेछाप नगरपालिका अन्र्तगतको वडाको नै नमुनाको रुपमा भालुखोपमा ३ किलोमिटर कालोपत्रे सडक निर्माण भईरहेको छ । रामेछापमा खानेपानीको समस्या थियो भन्ने कुरा तपाईहरुलाई थाहा भएकै कुरा हो । आज हामीले लिफ्टिङ प्रविधिवाट खानेपानी बितरण गरिरहेका छौ भने अर्को डिप बोरिङ पलान्टवाट यही सुकाजोरमा प्रत्येक १ घण्टामा १ लाँख लिटर पानीको पलान्ट सम्पन्न भइनै सकेको छ । यो पानीलाई हामी सवैभन्दा समस्या ग्रस्त क्षेत्र बड डाडा लगायत क्षेत्रमा केही समयमा नै बितरण गदै छौ । कृषि क्षेत्रमा देखिएका समस्यालाई सावधान गर्न समुहगत रुपमा कृषि फर्म दर्ता गरेर मात्र अनुदान प्रप्त गर्ने प्रकृया बिधि रहेकोमा त्यो भन्दा फरक ढंङगवाट पनि बिधिलाई नीति बनाएर प्रकृयालाई सहज बनाएर कृषकलाई प्रोत्साहन गर्ने काम गरेका छौ । जस्तै यो बर्ष मक्कैमा लागेको किरा मार्न हाम्रो वडाले ५० प्रतिशत अनुदानमा बिसादी बितरण गरेका थियौ यो बर्ष मक्कै राम्रो भएको छ ।

तपाईले ५ करोड २० लाँखको फुटवल ग्राउन सहितको कबडहल निर्माणको कुरा पनि याहा गर्नुभयो यो कुन स्रोतवाट कसरी बन्दैछ बताईदिनुस न ?
राष्ट्रिय योजना आयोगले खेलकुद प¥र्यटनको मापदण्ड राखेर सवै स्थानीय निकायहरुलाई सुचना प्रकाशन गरेर आवाह्रन गरेको थियो । त्यो प्रतिस्पर्धामा हामीले भाग लिएका थियौ । राष्ट्रिय योजना आयोगले तोकेको मापदण्ड हामीले पुरा गरेका थियौ र धेरै पटक मेहनतका साथ लागिराख्यौ र हाम्रो रामेछाप नगरपालिकाले त्यो प्रतिस्पर्धावाट राष्ट्रियस्तरको फुटवल सहितको कबडहल बनाउन अनुमति र सहयोग पायौ । त्यसमा २ करोड ६० लाँख राष्ट्रिय योजना आयोगको सहयोग र २ करोड ६० लाँख रामेछाप नगरपालिकाको आन्तारिक स्रोतवाट काम भईरहेको छ । सम्भवत अवको ३ महिनामा कबडहलको फुटबल ग्राउन सम्पन्न भइसक्छ ।

यित गरेका कामहरु भए आउदा दिनमा यस्ता योजनाहरु बनाउन पाए हुन्थ्यो भन्ने कुनै दिर्धकालीन योजनाको बारेमा सोच्नु भएको छ ?

मानिस चेतनशील प्राणी हो । अन्य प्राणी भन्दा मानिसको सोच चेतनायुक्त नै हुन्छ । त्यसकारण म हरेक कुरामा सकरात्मक सोच राख्ने गर्छु । सायद त्यसैको सकरात्मक प्रतिफल होला मैले नेतृत्व गरेको वडामा भएको प्रगति अरुले भन्ने गरेका छन् । अर्को मानिसका चाहाना असिमित हुन्छन् तर सामान्य भन्दा सामान्य गर्न सकिने कामहरुको बारेमा सधै मैले योजना सोचिरहेको हुन्छु । त्यो भनेको मेरो वडाभरीका मानिसहरुले आधारभुत आवाश्यकतावाट कोहीपनि बञ्चित नहुन जस्तै खानेपानी, बिधुत, स्वास्थ्य, शिक्षा, सुचना जहिले मेरो योजनामा रहन्छन् ।

त्यसको अलवा नविनतम् योजनाहरु पनि छन् जस्तै चिल्लो पीचमा यातायातका साधन प्रयोग गरेर भालुखोपको भ्युटावर हेर्न आउने वातावरण, जहा सुविधा सम्पन्न होटल, लज, बनाएर प¥र्यटकलाई सुविधा दिएर आकर्षण बढाउने जुन होटल, लज, रेष्टुरेन्टहरुमा स्थानीय किसानहरुका उत्पादन प्रयोग गरेर किसानको उत्पादनलाई प्रोत्साहन गर्ने । रामेछामको सुकाजोर जुनारको पकेट क्षेत्र हो याहाका किसानहरुले उत्पादन गरेका जुनार लगायत अन्य कृषि उत्पादनलाई ब्यवस्थित गर्न कृषि भण्डारण केन्द्र स्थापना गर्ने । रामेछाप पानीको अभाव भएको भनेर अन्य ठाउँका मानिसहरुले बुझेको क्षेत्र हो यो ठाउँलाई आधुनिक प्रविधि प्रयोग गरेर आउदा दिनमा चौबिसै घण्टा सिचाईको ब्यवस्थापन गर्न सकिन्छ होला भन्ने सोच राखेको छु ।

बिर्तामा रहेको अथाह उर्बर भुमि रहेको छ । त्यहा बास्तविक किसानहरुको पहिचान गरेर त्याहा कृषि आधुनिकीकरण गरेर कृषि उत्पादनलाई अत्याधिक बढाउने र त्यो किसानले उत्पादन गरेका कृषिजन्य बस्तुलाई वडाको पहलमा नगरपलिकाको समन्वमा बजारको सुनिश्चितता गर्ने ठुला आधुनिक उधोगहरु वडामा के के सम्भावना छन् तिनको समभाब्यता अध्ययन गरेर औधोगिक मैत्री लगानीको वातावरण बनाउने लगानी भित्र्याउन पहल गर्ने । ति लगानी भित्रयाएर ठुला उधोग स्थापना गर्ने र त्यस उधोगहरुमा धेरै भन्दा धेरै मानिसहरुले रोजगार पाउछन् सवै रोजगार भएपछि सभ्य समाजको निर्माण हुन्छ । सभ्य समाजले देशलाई नै सकरात्मक दिशा र्निदेश गर्छ । यो गर्न सकिने कामहरु हुन् । यि योजनाहरुको चुनौतिहरु धेरै छन् र समय पनि लाग्छ । मेरो कार्यकालमा सम्भव भएसम्म समेट्ने प्र¥यास गर्ने छु ।

शिक्षा र स्वास्थ्यको अवस्था ७ न. वडामा कस्तो छ ?

७ न. वडामा मा.बि, र आधारभुत बिद्यालय गरेर ७ वटा नै बिद्यालयहरु रहेका छन् । ति बिद्यालयहरुको भवन बिद्यार्थी मैत्री नहुदा पठन पाठनमा समस्या हुन्छ भनेर हमीले कतिपय बिद्यालयहरु पुनःसरचना गरिसकेका छौ । जस्तै श्री पटनादेवी मा.बि.को आरसिसि ८ कोठे भवन सम्पन्न गरिसकेका छौ । श्री सिद्धेश्वर आधारभुत बिद्यालय मुगानको ५ कोठे भवन निर्माण सम्पन्न भईसकेको छ । श्री मुडेखोला आधारभुत बिद्यालयको २ कोठे भवन निर्माण सम्पन्न भईसकेको छ । त्यसैगरी श्री गैयाश्वरी आधारभुत बिद्यालय सुकाजोरको ४ कोठे भवन निर्माण सम्पन्न भइसकेको छ । अन्य बिद्यालयहरु पनि पुनः निर्माणको चरणमा रहेका छन् ति सवै यथासक्य चाडै सम्पन्न हुदैछन् ।

बिद्यार्थीलाई दक्ष, सक्षम बनाउन गुणस्तर शिक्षाको लागि वडास्तरीय शिक्षा बिज्ञहरुसँग सल्लाह गरेर बिद्यालय ब्यवस्थापनलाई बिज्ञका सुझाव दिएका छौ ।

स्वस्थ्य क्षेत्रको बारेमा अहिले कोभिड १९ नियन्त्रण गर्न सचेतना जगाउन घरघरमा स्वयम सेवक परिचालन गरेर गाउँ, टोलको अभिलेख र त्यहा मानिसहरुमा कुनैपनि समस्या आईपरेमा तुरुन्तै स्वस्थ्यकर्मी खटाउन उपचार गर्न एम्बुलेन्स तयारी अवस्थामा राखेर सेवा दिदै आएका छौ । कतिपय अवस्थामा अन्य बिरामीलाई समेत वडाकै आर्थिक सहयोगमा उपचार गराउने गरेका छौ । बिदेशवाट आउनु भएका हाम्रा स्थानीयलाई नगरपालिको व्यवस्थित क्वारेनटाईन जलाधारमा र कोभिड पोजेटिभ देखिएकाहरुलाई रामेछापकै जिल्ला अस्पतालमा आईसियुलेशन ब्यवस्थापन गर्ने गरेका छौ ।

तपाई नेपाली कांग्रेसको नगर सचीव, आउदै गरेको १४ औ महाधिवेशनमा के तयारी गदै हुनुहुन्छ र कुनै भुमिका त रोज्नु भएको होला नि ?

नेपाली कांंग्रेसको १४ औ महाधिवेशन फागुनमा गर्ने केन्द्रले निर्णय गरीसकेको अवस्था छ । त्यो भन्दा अगाडी नगरको अधिवेशनहरु सक्नुपर्छ । पार्टीले लिएको सिद्धान्त, बिचार, धारणाको आधारमा रहेर पार्टीको बफादार सदस्यको हैशियतमा पार्टीले जुन जिम्मेवारी दिन्छ त्यो पुरा गर्न लाग्ने छु । भने तपाईले उठाउनु भएको माथिको प्रश्न कुन भुमिका रोज्नु भएको छ भन्नेमा अहिले नगर अधिवेशन भएकै छैन त्यो नहुदै मैले मेरो भुमिकाको बारेमा बताउन अलि हतारो हुन्छ । त्यसकारण यतापर्टी म जान चाहिन ।

अन्तमा तपाईलाई निर्वाचनमा अमुल्य मत दिएर निर्वाचित गराउने आम जनतालाई के भन्न चाहानुहुन्छ ?

मैले मेरो वडाका नागरिकहरुलाई गर्न सक्ने जति काम गर्छु भनेको थिए । म चुनावमा भोट माग्न जादा कतिपय ठाउँहरुमा आवाश्यकता अनुसारका मानिस बिरामी पर्दा एउटा एम्बुलेन्स पु¥याउन सक्ने बाटो चाहिएको छ भन्नु हुन्थ्यो अहिले ७ न. वडाको सवै ठाउँमा कच्ची भएपनि वाटो पु¥याएको छु । कतिपय ठाउँमा पिच पनि गदैछौ । रामेछाप जिल्लाका पहिला गा.वि.स. हुदा १४ वटा गा.वि.स. सुख्खा ग्रस्त क्षेत्र घोषणा भईसकेका क्षेत्र हुनु त्यसमा सुकाजोर पनि प¥थ्यो । अहिले खानेपानी सवैको पहुचमा पु¥याउछु भनेको थिए ।सम्भव हुने ठाउँहरुमा लिफ्टिङद्धारा पु¥याईसकिएको छ भने । वडा कार्यलय नजिकै कालिका डिपबोरिङको काम भईरहेको छ । त्यो पानीलाई दिनैभरी जस्तो पानीको लागि खट्नुपर्ने बड डाडा लगायत क्षेत्रमा बितरण गर्ने हाम्रो तयारी छ । कृषिमा रोजगार सृर्जना गर्न खुरपानीको वाइनको उधोग स्थापना गदैछौ । मैले जनतासँग गरेका प्रतिबद्धताहरु पुरा गदैछु कतिपय छुटेका कामहरु पनि गदै जादैछु । म ७ न. वडा अध्यक्षको हैशियतले जनताको दुखः सुख, पीर, मर्कामा हातमा हात साथमा साथ काधमा काध मिलायर काम गर्न तयार छु । वडाका नागरिकहरुले पनि वडाको दुखः सुख, र पीरमर्कामा सल्लाह, सुझाव बिग्रन लागेका बिषय रहेछन् भने सजग गराएर सहयोग गर्न आम जनतालाई तपाईहरु मार्फत अनुरोध गर्दछु ।वडाले दिनुपर्ने प्रशासनिक सेवा, सुविधा सहयोग गर्न वडा सधै तत्पर छ ।

जनताले तपाईको काम गराई मन पराएका छन् भन्छन् कतिपय मानिसहरु फेरी जनताले वानस्मोर भने वा त्यो भन्दा अलिमाथि महत्वपुर्ण ठाउँमा जानुपर्छ भने तपाईको बिचार के छ ?
जनताको काम गर्ने जनप्रतिनिधि अज्झ ठाडो भाषामा भन्ने हो भने जनताको काम गर्ने मान्छे जनताले काहा बस भन्छन् । के काम गर भन्छन् उहाहरुले जाहा राख्नुहुन्छ म त्यही रहेर काम गर्न तयार छु । उहाहरुले दिने अवसरलाई म सम्मान गर्ने छु र उहाहरुकै सेवामा लगाउने छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार