रामेछापमा ११४ जनाको स्वाब परीक्षण रिपोट आउन बाँकी , २४ जना क्वारेन्टाईनमा

रामेछापमा ११४ जनाको स्वाब परीक्षण रिपोट आउन बाँकी , २४ जना क्वारेन्टाईनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ९ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १४ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज मात्रै कोरोना परीक्षणका लागी मन्थली नगरपालिकाका ७९ जनाको स्वाब संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २६ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ७ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । जिल्लामा हालसम्म ८ सय २२ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ५० , तामाकोसी अस्पतालमा ४९ , मन्थली नगरपालिकामा ३ सय १८ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ५५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२, दोरम्बा गाउँपालिकामा ३४ , लिखुतामाकोशी उँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

जिल्लाका २४ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा मंगलबार अर्थात आजसम्म २४ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र २१ जना पुरुष गरि २४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा ७ ,रामेछाप नगरपालिकामा २ ,गोकुलगंगा गाउँपालिकामा १ र लिखुतामाकोशी गाउँपालिकामा १४ जना गरी जिल्लाभर २४ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड ,दोरम्बा र खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ३ बेडको आइसोलेशन कक्ष र ४ सय ९५ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार