के तपाई व्रत बस्दै हुनुहुन्छ ? त्यसो भए यि कुुराहरुमा ध्यान दिनुहोस

के तपाई व्रत बस्दै हुनुहुन्छ ? त्यसो भए यि कुुराहरुमा ध्यान दिनुहोस

व्रत स्वास्थ्यका लागि राम्रो पनि हो । व्रत लिँदा, दिमाग तेज हुन्छ, शरीर हल्का महसुस हुन्छ, दिमागमा पोजेटिभ कुराहरू आउँछन्, शरीरले आराम पाउँछ । काममा फोकस हुनेजस्ता राम्रा पक्षहरू पनि हुन्छन् । तर, शारीरिक रूपमा कमजोर, बिरामी, बालबालिकाहरूले चाहिँ व्रत लिनु हुँदैन । अझ धेरैको पानी नखाई व्रत बस्ने चलन छ । यो हाम्रो स्वास्थ्यका लागि खराब हो । तर पनि धेरैले यसलाई बेवास्ता गर्छन् । हाम्रो जीवनमा दैनिक ७ देखि ८ गिलास पानी आवश्यक हुन्छ । यदि त्यति मात्रामा पानी भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, निद्रा लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ । व्रतको अघिल्लो दिन दर खाँदा व्रतको दिन इनर्जी बचत भएको हुन्छ । तर, पानी नभएपछि हाम्रो शरीरमा ग्लुकोज कम हुन्छ ।

व्रतको दिन पानी खाएन भने हाम्रो शरीरमा भएको ग्लुकोजको मात्र प्रयोग हुन्छ । मान्छे बेहोस हुन्छ । पानीको कमीले गर्दा बेहोस भएको मान्छेले समयमै पानी पाएन भने मृत्युसमेत हुन सक्छ । हामीले नराम्रो कल्चर छाड्दै राम्रा कुरा मात्र लिनुपर्छ । पानी नखाई व्रत बस्ने भन्ने कुरा एकदम गलत हो । व्रतको दिन पानी, फलफूल खानुपर्छ । शरीरमा थकान महसुस भएको छ भने व्रत बस्नु हुँदैन । व्रतको दिन काम गर्नु छ भने व्रत बस्नु हुँदैन । व्रत सकिएपछि हाई प्रोटिन भएको खाना खानु हुँदैन । दिनभरि व्रत बस्दा हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले रेसादार खानेकुरा जस्तो– साग, गाँजर, काँक्रो, लाइट खानाहरू खानुपर्छ । व्रत बस्नुअगाडि शारीरिक र मानसिक रूपमा तयार रहनुपर्छ । तनाव महसुस भइरहेको छ भने व्रत बस्नु हुँदैन । व्रत बस्दा निद्रा लाग्ने, थकाइ लाग्ने, पे्रसर कम हुनेजस्ता समस्या देखा पर्न सक्छन् । त्यसैले आफनो शरिरको अवस्था हेरेर मात्र व्रत बस्न चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार