सरकारद्धारा करार र छात्रवृत्ति करारमा रहेका स्वास्थ्यकर्मीहरुको म्याद थप

सरकारले करार र छात्रवृत्ति करारमा रहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिएर करारमा रहेका स्वास्थ्यकर्मी र नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरि छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा अवधि २०७७ साल पुष मसान्तसम्म थप गरेको हो । मन्त्री स्तरीय निर्णयबाट सेवा अवधि सकिएकाहरुको म्याद पुष मसान्तसम्म थप गरिएको मन्त्रालयका प्रसाशन शाखा […]

बागमती प्रदेश सरकारले अस्पतालहरुको स्तरोन्नति गर्ने

बागमती प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो । ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु रहेका छन् । हाल दोलखा, काभ्रे, काठमाडौ, ललितपुर र चितवनमा प्रदेश […]

सरकारले दुई लाख युवालाई सय दिनको रोजगारी दिने

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा दुई लाख युवालाई सय दिनको रोजगारी दिने भएको छ । चालू आर्थिक वर्षमा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाखलाई रोजगारी दिन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । घरपरिवारमा कोही पनि सदस्य रोजगार नभएका, […]

रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का ६५ वर्षकि महिला ,सोही ठाउँका २४ र २७ वर्षका दुइजना पुरुष गरि ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो । रामेछाप […]

आज रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका वर्ष २८ र ३८ का दुई पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित दुबैजना पुरुष काठमाडौँमा बस्दै आएका छन् । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो ।रामेछाप जिल्लाका हालसम्म ७२ […]

रामेछापका ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकी,आज ३६ जनाको स्वाब संकलन

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार १ सय ९९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालका २,मन्थली नगरपालिकाका १६ […]

रामेछाप नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिकालाई ईम्पु्रभिङ लाईभ्स ईन नेपालले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नगरपालिका स्तरीय आईसोलेशन केन्द्र स्थापनाका लागी अवश्यक पर्ने सामाग्रीहरु उक्त संस्थाले नगरपालिकालाई उपलब्ध गराएको हो । बज्र समाज नेपाल रामेछापको समन्वयमा ईम्पु्रभिङ लाईभ्स ईन नेपालले प्रदान गरेको सामग्रीहरु ३ लाख ६४ हजार ४ सय ४७ रुपैयाँको रहेको छ । १० वेड […]

रामेछाप ठोसे फलाम खानीको ईतिहास (भाग-२)

(रामेछापको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्दन गर्ने उद्धेश्यले विविध अनुसन्धानमुलक लेख तथा दस्तावेजहरु प्रकाशन गर्ने प्रयास स्वरुप ईरामेछापले यस अघि पनि विविध लेखहरु प्रकाशन गरिसकेको छ । त्यसै क्रममा हामीले आज भन्दा ३३ वर्ष अघि डा.भुपहरी पौडेलद्धारा लिखित पुरातत्व विभागको जर्नल प्राचीन नेपाल, अंक १०३, विसं २०४४ मा प्रकाशित लेख “लोप्राका कागते” शिर्षकको लेखमा उल्लेख […]

रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका वर्ष ६६ र २८ का दुई पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित दुबैजना पुरुष काठमाडौँमा बस्दै आएका छन् । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो ।

सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ जना प्रहरीको स्वाव संकलन गरि परिक्षणका लागि हेटौडा पठाईएकोमा ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको आएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख,प्रहरी उपरिक्षक रञ्जु सिग्देलले प्रदेश नम्बर २ बाट सरुवा भई आएका ४ जना प्रहरी र शंकास्पद ट्याक्सीसँग सम्पर्कमा […]