प्रेस युनियन रामेछापलाइ कम्प्युटर सहयोग

प्रेस युनियन रामेछापलाइ कम्प्युटर सहयोग

नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य एवम समाजसेवी पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेपाल प्रेस युनियन रामेछापलाइ १ थान कम्प्युटर सेट र फोटो कपि मेसिन सहयोग गर्नुभएको छ । तामाङले युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारीलाई सो सामाग्रीहरु हस्तान्तरण गर्नुभएको होे । आज प्रेस युनियनको कार्यालय मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सो सामाग्री उपलब्ध गराइएको हो । साथै कान्छाराम तामाङले युनियनको एक वर्षको कोठाभाडा तिरिदिने घोषणा पनि गर्नुभएको छ । कान्छाराम तामाङले भन्दा पहिले युनियनलाई खाँडादेवी गाउँपालिकाका स्थानीय तथा नेपाली कांग्रेसका नेता एवम समाजसेवी नारायण कार्की र भरत चौलागाईले पनि आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार