रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप जिल्ला स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन जना महिला र चारजना पुरुष गरि सात जनामा कोरोना संक्रमण पुष्टि हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार आज संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका वडा नं १० का २० वर्षीया महिला, खाँडादेवी गाउँपालिका […]

रामेछापका ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी, ४५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये अब ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज मन्थली नगरपालिकाका ५२ जना र गोकुलगंगा गाउँपालिकाका २७ जना गरी ७९ जनाको स्वाब संकलन गरिएको […]

आजदेखि काठमाडौँ रामेछाप बिजुली बस सन्चालनमा

बिजुलीबाट चल्ने लामो दूरीको मिनिबस सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनीले पहिलोपटक लामो दूरीमा बिजुली बस सञ्चालनमा ल्याएको हो । काठमाडौँबाट रामेछापको जिल्ला सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालन गर्ने गरी आजबाट सेवाको सुरुवात भएको हो । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सेवाको सुरुवात गरेका हुन् । सेवा शुभारम्भ भएसँगै […]

रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाइयो

जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको मन्थलीमा बिहिबार बसेको बैठकले निषेधाज्ञा लाई केहि खुकुलो बनाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर खाद्य बस्तु, दुध, तरकारी, माछामासु, स्टेशनरी र इलोक्ट्रोनिक पसलहरु साझ ५ बजे सम्म खोल्न पाइने तर होटल, रेस्टुरेन्ट बिहान ५ बजे देखि साझ ८ […]

प्रहरी र कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापले प्रहरी र जिल्ला अन्तर्गतको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।समितिले आज जिल्ला प्रहरी कार्याल रामेछापका प्रहरी नायव उपरीक्षक डिएसपी वसन्त पाठकको कार्यकक्षमै पुगेर त्यहाँ कार्यरत केही प्रहरी कर्मचारीलाई ४० थान एन–९५ मास्क वितरण हो । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर […]

रामेछाप र मन्थली नगरपालिकालाई गुनासो तथा सुझाब संकलन पेटिका हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका प्रहरीहरुले गरेका कामप्रतिको गुनासो तथा सुझाब संकलन गर्ने पेटिका रामेछाप र मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको छ । प्रहरी कर्मचारीहरु सँग सम्बन्धीत गुनासो तथा सुझाब संकलन गर्न गुनासो तथा सुझाब संकलन गर्ने पेटिका हस्तान्तरण गरिएको रामेछाप प्रहरीका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । उक्त पेटिका रोमछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा […]

नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३ सय ८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण […]

घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन आग्रह गरेको छ । रामेछाप प्रशासनले बुधबार एक सूचना जारी गरि नेपालको संविधान २०७२ जारी भएको दिनको उपलक्ष्यमा असोज २, ३ र ४ गते तिनदिनसम्म विविध कार्यक्रम गरेर दिवस मनाउन आग्रह गरेको हो । हरेक वर्ष विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइदै आएकोमा यसवर्ष […]

भोलिदेखि रामेछाप सहित देशभर लामो दूरीका यातायात चल्ने

सरकारले असोज १ गते अर्थात भोलिदेखि लामो दुरीका यातायात चल्ने दिने भएको छ । असोज १ गतेबाटै आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरिएको सरकारका नवनियुक्त प्रवक्ता […]

रामेछापमा विहानै भूकम्पको धक्का,नागरीकहरु त्रसित

रामेछापमा बुधबार ( आज ) विहानै भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ६ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसको केन्द्र सिन्धुपाल्चोकको राम्चे आसपास रहेको केन्द्रले जनाएको छ । लामो समयपछि विहान ५ः १९ मा गएको भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस भएसँगै नागरीकहरु […]