रामेछापमा थप एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर २६ गते गोकुलगंगा गाउँपालिकाबाट परीक्षणका लागि पठाइएका २५ जनाको स्वाबमध्ये ४६ वर्षका एकजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यो सङ्गै जिल्लामा कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको छ । यसमध्ये १९४ जना […]

देशमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार १ सय ८१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन् […]

रामेछापको मन्थली सहित ३५ स्थानीय तहको १ करोड ८८ लाख अनुदान कटौती

समायोजन भएका कर्मचारीलाई हाजिर गराएर काममा नलगाएका रामेछापको मन्थली नगरपालिका सहित ३५ वटा स्थानीय तहको १ करोड ८८ लाख १८ हजार ८ सय १६ रुपैयाँ अनुदान कटौती गरेको छ । सरकारले समायोजन भएका कर्मचारीको २०७७ सालको साउनदेखि चैत महिनासम्मको चाडपर्व भत्ता र पोशाक भत्ताका लागि स्थानीय तहलाई अनुदान दिएको थियो । तर ३५ पालिकाले कर्मचार […]

रामेछापका २५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका २५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । गोकुलगंगा गाउँपालिकाका २५ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ४ सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार २ सय १८ जनाको रिपोर्ट […]

देशव्यापी सडक प्रदर्शन गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा

सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ । यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै […]

देशका ठुला पार्टी कुनै हातलमा फुट्नु हुन्न : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले नेकपा र नेपाली काँग्रेस कुनै हातलमा पनि फुट्न नहुने बताउनु भएको छ । सो कुरा उहाले रामेछापको मन्थली नगरपालिका वडा नं १३ मा नवनिर्मित मा.वि हर्रेचिण्डेको भवनको साचो हस्तान्तरण एबं उद्घाटन कार्यक्रमका अबसरमा वताउनु भएको हो । उहाले संविधान निर्माण लगायत लोकतन्त्र र गणतन्त्रको स्थापनाका […]

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा आज थप चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर २३ गते मन्थली नगरपालिकाबाट कोरोना परीक्षणका लागि पठाइएका ९ जनाको स्वाबमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिका वडा नं १ का ३४ र ४१ वर्षका पुरुष […]

रामेछापमा आत्महत्या गर्ने ह्वात्तै बढे

रामेछापमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा रामेछापमा १९ जनाले आत्महत्या गरेको छन । रामेछापमा चालु आर्थिक बर्षको साउन देखि यता १९ जनाले आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय रामेछापको तथ्याङ्ककले देखाएको छ । यसरी आत्महत्या गर्नेहरु मध्ये १३ जना झुण्डिएर ,बिषसेवन गरेर ५ जना र हाम […]

लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनु्पर्छ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनुपर्ने बताउनुभएको छ । मानव अधिकार दिवश तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रमुख खड्काले सबै जना एकजुट भएर लाग्न सकेको खण्डमा मात्रै लैङ्गिक हिंसा अन्त्य हु्ने बताउनुभयो । उहाँले दिवश र […]

ढुङ्गाले किचेर दुरागाउँमा एक किशोरीको मृत्यु

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको दुरागाउँमा ढुंगाले किचेर मंगलबार एक किशोरीको मृत्यु भएको छ । दाउँरा खोज्न घर नजिकैको जंगलमा गएकी लिखतामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ ज्यामी डाडाँकी १७ वर्षीया जोशिला सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृतक सुनुवारको दाउँरा तान्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घटना स्थलमै मृत्यु भएको […]