कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने

कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने

कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने भएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण सकिएर केन्द्रमा प्राप्त अंकको रुजु गर्ने काम भइरहेकोले यसैहप्ता नतिजा प्रकाशन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले बताउनुभयो । उहाँले विद्यालयबाट प्राप्त विवरणहरु व्यवस्थित नभएका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको बताउनुभयो । कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा गएको मंसिरमा सकिएको थियो । परीक्षा बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णाङ्कको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार