रामेछापका दुईजना कोरोना संक्रमितलाई काठमाडौँ पठाईयो

रामेछापका दुईजना कोरोना संक्रमितलाई काठमाडौँ पठाईयो

रामेछापका दुईजना कोरोना संक्रमितलाई थप उपचारका लागी काठमाडौँ पठाइएको छ । रामेछाप नगरपालिका ४ का ४० वर्षका पुरुष र मन्थली नगरपालिका ८ का एक पुरुषलाई थप उपचारका लागी काठमाडौ पठाईएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

थप उपचारका लागी काठमाडौँ पठाइएका दुवैजनाको अवस्था गम्भिर रहेको र उनिहरुको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

मंगलबार खाँडादेवी गाउँपालिका ३ का वर्ष २१ का एक विद्यार्थी छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा ४७ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार