रामेछाप बजारका थप ३ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ५० पुग्यो

रामेछाप बजारका थप ३ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ५० पुग्यो

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । रामेछाप नगरपालिका वडा नं ८ का थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ वर्षका बालिका सहित २५ वर्षका एक महिला र ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै कन्ट्रयाक ट्रेसिङमा परेका थिए ।

जिल्लाका बजारहरुमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको हुनसक्ने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए अस्पतालमा आएर पिसिआर परीक्षण गराउन उहाँले नागरीकलाई आग्रह गर्नुभयो ।

जिल्लामा कोरोनाका ५० जना सकृय संक्रमित आईसोलेसनमा रहेका छन । यि मध्ये २ जनालाई भने जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार