आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि, ५८ जनाको मृत्यु

आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि, ५८ जनाको मृत्यु

२४ घण्टामा आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। यो कोरोनाका कारण मृत्यु भएको हाल सम्मकै उच्च सङ्ख्या हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार