पत्रकार संकट ब्यबस्थापन कोषमा चौहानद्वारा १० हजार आर्थिक सहयोग

पत्रकार संकट ब्यबस्थापन कोषमा चौहानद्वारा १० हजार आर्थिक सहयोग

ओके कान्तिपुरका कार्यकारी निर्देशक , युवा व्यावसायि एवं समाजसेवी कमल चौहानले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गरेका छन् । मन्थली नगरपालिका वडा नं १३ फुलासी घर भएका चौहान लामो समय देखि दोलखाको चरिकोटमा ब्यबसाय गर्दै आएका छन् ।

मनका धनी चौहानले यस अघि पत्रकार महासंघ दोलखाले स्थापना गरेको कोषमा पनि आर्थिक सहयोग गरेका थिए । आफ्नो जन्मदिनमा समेत क्यान्सर पीडितलाई आर्थिक सहयोग देखि अनाथालयलाई खाद्यान्न सहयोग गर्दै आएका चौहानले पत्रकारलाई जोखिम संग समाना गर्न सजिलो होस भनेर आफुले सानै भएपनि सहयोग गरेको बताएका छन् ।

चौहानले भने रामेछापका पत्रकार साथीहरूलाई आफुले सानो सहयोग मात्र गरेको हुँ यसले पनि केही राहत महसुस गर्नु हुने छ भन्ने आशा गरेक छु । सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकार संक्रमणको जोखिम उच्च हुने भएकाले सबैले सहयोग गर्नु पर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार