रामेछापमा थपिए १८० जना कोरोना संक्रमित

रामेछापमा थपिए १८० जना कोरोना संक्रमित

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा १८० जना कोरोना संक्रमित थपिएका छ्न ।

मन्थली नगरपालिका ६९ जना, दोरम्बा गाउँपालिकाका ४५ जना, लिखु तामाकोसी गाउँपालिकाका ४१ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । सुनापती गाउँपालिकामा २१ जना र लिखु तामाकोसी गाउपालिकामा २ जना र उमाकुण्ड गाउँपालिकामा २ जनागरी २५ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ८८५ पुगेको छ । पिसिआर परिक्षण मार्फत ६४१ र एन्टिजिन परिक्षण मार्फत १८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये ३२७ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ४९५ जना रहेको छ । ७ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर ३ जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका ३६७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार