आफू पार्टी एकताको पक्षमा रहेको बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यको भनाइ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी […]

आज २ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए, २ हजार ३ सय ८२ जना निको भए

पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण […]

कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन हुँदै

कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन हुने भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ घर भएका कवि गाउँलेकोे दोश्रो कविता संग्रह मैनबत्तीको आगो विमोचन गर्ने तयारी भईरहेको कवि गाउँलेले बताउनुभयो । विभिन्न विषयवस्तुहरुमा रहेर कविता मार्फत कलम चलाइरहनुभएका कवि गाउँलेको यस अघि फूलसँग हराउँदा भन्ने कविता संग्रह बजारमा आईसकेको छ […]

नम्बर प्लेट बदलेर मोटरसाइकल चोरेको आरोपमा रामेछापका मगर पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा रामेछापका एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२–०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट रामेछाप दोरम्वा गाउँपालिका–२ घर भई हाल दक्षिणढोका काठमाडौं बस्दै आएका २२ वर्षीय तेज […]

रामेछाप नगरपालिकाले महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिने

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिन लागिएको नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । नगरपालिकाले एक सुचना जारी गर्दै ड्राइभिङ तालिम सिक्न चाहने महिलाहरुलाई आवेदन दिन आग्रह गरेको छ । तालिममा छनोट गर्दा नगरपालिकाले विपन्न, असहाय, […]

नेकपा एमाले (समाजवादी) बनाएपछि आफुलाइ चित्त बुझेन एमाले नै रोजेँ : नेता पौडेले

नेकपा एमाले रामेछापका नेता एवं बागमती प्रदेशसभा सदस्य शान्ति प्रसाद पौडेलले माधब कुमार नेपालको साथ छोडेर एमालेमै रहने बताउनुभयो । उहाँले नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) बनाएपछि आफुलाई चिक्त नबुझेको भन्दै नेपालको साथ छोडेर ओली नेतृत्वको एमालेमै रहने बताउनुभयो । अष्टलक्ष्मी शाक्यलाई एमाले बागमती प्रदेशको दलको नेता र मुख्यमन्त्री बनाउन भूमिका खेल्नुभएका सांसद […]

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँ वाग्मती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त हुनुभएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले हिजो नै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन आएसँगै पौडेल राजी भएर राजीनामा […]

नेकपा एमाले र जसपामा फुट, कार्यकर्ता भने एकताकै पक्षमा

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दल सम्बन्धि अध्यादेश प्रमाणित गरेपछि नेकपा एमाले र जनता समाजबादी जसपा फुटेको छ । तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछिको राजनितिक शक्ति देखेर मधेसका दलहरु एक भएर जसपा बनेको थियो । नेकपा अलग भएसँगैको राजनितिक समिकिरणले जसपामा विवाद आएको थियो । एमाले टुक्रिएसँगै जसपा पनि फुटेको छ । नयाँ […]

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा राजीनामा

नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ।मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ।हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले बताउनुभयो । शाक्य अब […]

नेकपा एमाले विभाजित

प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न […]