आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।

जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण यो वर्ष पूजा विधि पु¥याउन मात्र गरिने भएको छ ।

काठमाडौंको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतन धाममा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने तयारी भएको छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष पूजा आराधना मात्र गर्ने तयारी छ । आज मुलुकभरमा सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार