देशभरको मौसममा सुधार, आज सुदूरपश्चिमको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

देशभरको मौसममा सुधार, आज सुदूरपश्चिमको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानै घाम लागेको छ । मनसुन सक्रिय भएपछि गत बिहीबारदेखि देशका धेरै ठाउँमा झरी परेको थियो । हिजोसम्म पानी पारेको प्रणाली केही कमजोर बनेकाले आज बिहानै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार त्यो प्रणाली केही कमजोर बनेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज पनि पानी पर्ने क्रम भने चल्नेछ । तर हिजोअस्तिको जस्तो लगातार वर्षाको सम्भावना भने निकै कम रहेको उहाँको भनाइ छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शाक्ले बताउनुभयो । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैबीच भेरी नदी जामु जलमापन केन्द्रमा बाढी आएकाले तटीय क्षेत्रका नागरिकलाई दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले भेरी नदी जामु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई दिउँसोसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार