रामेछाप देउरालीमा बौलाहा कुकुरको टोकाइबाट ८ घाइते

रामेछाप देउरालीमा बौलाहा कुकुरको टोकाइबाट ८ घाइते

Black Labrador retriever lies on the green grass outside the house

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीको बेसीटोलमा बिहीबार बौलाहा कुकुरको टोकाइबाट ८ जना घाइते भएका छन् । कुकुरले केही घरपालुवा पशुलाईसमेत टोकेको छ ।

वडा सदस्य सुशीलहरी बख्रेलका अनुसार कुकुरको टोकाइबाट १३ वर्षीय बालक पंकज बुढाथोकी, जमुना बुढाथोकी, रामबहादुर बस्नेत, दिपेन्द्र राज सिंजाली रत्नबहादुर सिंजाली बढी घाइते छन् ।

अरु तीनजनाको अवस्था सामान्य छ । घाइते भएका पॉचजनालाई थप उपचारका लागि काठमाडौं लगिएको बख्रेलले बताउनुभयो । कुकुरले आतंक फैलाउन थालेको भन्दै स्थानीयले स्थानीय सरकारको परामर्शमा कुकुर मारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार