सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो

सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो

सल्यानमा वस दुर्घटनाका मृतक सबैको परिचय खुलेको छ । मृत्यु हुनेहरूमा शारदा नगरपालिका –१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका– ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, त्रिवेणी गाउँपालिका ४ की ९ वर्षिय सरिता बोहरा, दाङको बबई गाउँपालिका – ४ की ६० वर्षीया डुलि रेउले छन् ।

दुर्घटनामा दाङ बबई गाउँपालिका – ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी – ६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका –२ का २९ वर्षीय तिलक ओली र दाङ शान्तिनगर गाउँपालिका –८ की ३५ वर्षीया सावित्रा केसी, वडा नम्वर ६ का ५ वर्षिय सुरज वली, घोराही उपमहानगर पालिका १० वस्ने वर्ष ३६की रुपा केसी रहेका छन् । सल्यान जयतपानी दाङ तुलीपुरका जाँदै गरेको रा १ ख २५५२ न बस सल्यान कपुरकोट गाउँपालिका – ५ खारखोलामा दुर्घटना भएको थियो ।

सल्यानमा बस दुर्घटनामा परी गम्भीर घाइते मध्ये आठ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ । २८ घाइते मध्ये गम्भीर घाइते भएका ८ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हेलिकप्टरमा उद्धार गरिएका बिरामीहरुमा तुलसीपुर उपमहानगरपालिका ११ की ७ वर्षीया करिना खड्का, सल्यान छत्रेश्वरी गाउँपालिका – का २५ वर्षीय खिमराज ओली, दाङ दंगिशरण गाउँपालिकाकी ३२ वर्षीया द्धारिका खड्का, शोही ९बस्नेत २२ वर्षीया विन्दु भडेल, प्यठान बागदुलाकी ५२ वर्षीया राधा पण्डित, सल्यान कुमाख गाउँपालिका – ७ की २५ वर्षीया निरुता डिसी, उनको १६ वर्षीया छोरी विना विष्ट, छत्रेश्वरी गाउँपानलिका – ६ का ४० वर्षीय धननाथ योगी रहेका छन् ।

अन्य घाइते हुनेहरुमा सल्यान शारदा नगरपालिका – ८ की ५० वर्षीया मनकुमारी ओली, जिल्ला राङसी बस्ने २५ वर्षीया अनिता डाँगी, उनको ३ वर्षीय छोरा आयुस डाँगी, दाङ घोराही उपमहानगरपालिका १५ बस्ने ५० वर्षीय प्रमोद गौतम, दाङ तुलीपुर उपमहानगरपालिका ९ की ३८ वर्षीया विमला घर्ती, शोही ठाउँ बस्ने २८ वर्र्षीया अमृता भडेल, उनको १० वर्षीय छोरा जेनिशा भडेल, ७ वर्षीय छोरा जेदान भडेल रहेका छन् ।

सल्यान छत्रेश्वरी गाउँपालिका ३ को २९ वर्षीय खिम बहादुर डाँगी, दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने ४६ वर्षीया देविका योगी रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका २ बिजौरीका २१ वर्षीया रुपमिना घर्ती, सल्यान शारदा नगरपाकिला ५ बस्ने ५५ वर्षीया बेलि विष्ट, उनका अन्दाजी ३ वर्षीया छोरी रोजि घर्ती, शोही ठाउँको २१ वर्षीय भुवन डाँगी, छत्रेश्वरी गाउँपालिका – ६ को २० वर्षीय भिषण डाँगी, शारदा नगरपालिका २ का ४६ वर्षीया टोपेन्द्र ओली, शोही ठाउँका २६ वर्षीय रबिन खान, उहाकीे श्रीमती २५ वर्षीया सिमरन खान, त्रिवेणी गाउँपालिका – ६ का २१ वर्षीय पोषण डाँगी, दाङ हंसपुरकी तिला ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनु भयो ।

उहाका अनुसार अन्य घाइतेहरुको नेपाल, दाङ र सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार