लक्ष्मी पूजा गर्ने क्रममा आगोलाग्दा रामेछापकोे लिखुतामाकोशीमा एक घर जल्यो

लक्ष्मी पूजा गर्ने क्रममा आगोलाग्दा रामेछापकोे लिखुतामाकोशीमा एक घर जल्यो

दीपावलीका क्रममा रामेछापकोे लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ अत्मारामा आगलागी भएको छ । स्थानिय कमला खड्काको घरमा हिजोे बेलुका लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियो र मैनबतिबाट आगो सल्किएको र खड्काको घर पुर्ण रुपमा जलेको जनाइएको छ ।

आगलागीबाट अन्दाजि ५५ हजार नगद, डेढ तोला सुन, लत्ताकपडा, भाँडाकुँडा, अन्नपात जलेर नष्ट भएको छ । हिजो बेलुका ७ बजे लागेको आगो स्थानियको सहयोगमा करिब १० बजे नियन्त्रणमा आएको स्थानिय शेर बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार