नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की चयन हुनुभएको छ । आज रामेछाप बजारमा भएको जिल्ला कार्यसमिति रामेछापको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसैगरी उपाध्यक्षमा टिकाराम राना मगर,सचिवमा देवेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा घना श्रेष्ठ,सहसचिवमा अपना श्रेष्ठ सहित १५ सदस्य कार्यसमिती चयन गरेको हो ।जिल्लाका सबै स्थानिय तहरुमा […]

टोकियो ओलम्पिक सकियो, अमेरिका पदक तालिकामा च्याम्पियन

जापानमा आयोजित गृष्मकालिन ओलम्पिकको ३२ संस्करण सम्पन्न भएको छ । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थिति भने थिएन । टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । ३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रह्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका साथ ८८ […]

आज देशभर हल्कादेखि मध्यम वर्षा हुने

आज देशभर हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ।मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली […]

कोरोनाविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु हुँदै

सरकारले कोभिडविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु गर्दैछ । भुटान, जापान लगायतका बिभिन्न मुलुकबाट आएको खोप धेरैभन्दा धेरै नागरिकसम्म पु¥याउनका लागि आजदेखि यही साउन ३२ गतेसम्म खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाप्रमुख डा झलक गौतमले बताउनुभयो । उहाँका अनुसार खोप अभियान सफल पार्नका लागि […]

रामेछापमा आज १० जना संक्रमित थपिए, ५८ जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ७ जना र गोकुलगंगा गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २९ सय १ जना पुगेको छ । आज जिल्लामा ५८ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट २३ जना, रामेछाप नगरपालिकाबाट […]

रामेछापमा आईपुग्यो पीसीआर मेशिन,सन्चालनमा आउन भने समय लाग्ने

रामेछामा कोरोना भाईरस संक्रमण भए नभएको थाहा पाउन जाँच गरिने पीसीआर मेशिन जिल्ला अस्तालमा आईपुगेको छ । बागमती प्रदेश सरकारको एक जिल्ला एक पीसीआर मेशिन अभियान अन्तर्गत रामेछापमा पनि पीसीआर मेशिन आईपुगेको हो । जिल्लामा पिसिआर मेसिन आइपुगेको भएपनि सन्चालनमा आउन भने समय लाग्ने जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । जिल्लामा उक्त […]

रामेछापमा १५ दिन आकस्मिक लोडसेडिङ हुने

नेपाल विद्युत प्राधिकरणले जनकपुरदेखि रामेछाप सम्मका ८ वटा वितरण केन्द्रमा आकस्मिक लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणको ढल्केबर ग्रीड शाखा अन्तर्गतको ढलकेबर सव स्टेशनमा जडान गरिएको १३२÷३३ केभी ३० एमभिए क्षमताको पावर ट्रान्सफरमरमा खराबी आउदा ८ वितरणकेन्द्रमा आकस्मिक लोडसेडिङ हुन लागेको प्राधिकरणले जनाएको छ । खराबी आइ बन्द अवस्थामा रहेको ट्रान्सफरमर बदली गर्न कम्तिमा १५ […]

रामेछापमा घ्याप्चेको पहिरो गयो,उच्च जोखिममा गैराथोक गाउँ

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ४ गैराथोक गाउँ पहिरोको उच्च जोखिममा परेको छ। लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त पहिरो आज पुन ठूलो धुलो मुस्लो सहित खसेको छ । आज अपरान्ह देखि पहिरो खस्ने क्रम नरोकिएको भन्दै स्थानीय त्रसित भएका छ्न । पहिरो नजिकै रहेको गाउँका स्थानीय पहिरो खस्ने […]

रामेछापमा आज १७ जना कोरोना संक्रमित थपिए

रामेछाप जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ३ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना,,खाँडादेवी गाउँपालिकामा १ जना र गोकुलगंगा गाउँपालिकामा ११ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २८ सय ४१ जनामा कोरोना सक्रमण भएको छ । जिल्लामा अहिलेसम्म २५ सय २३ जना कोरोना संक्रमणपछि […]

मैँले रामेछापमा गरेजति विकास न पहिलाकाले गरे न अब आउनेले गर्छन : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापमा विकास निर्माणका कामले गति लिएको बताउनुभयो । विगतमा आफु जिल्ला विकास समितीको सभापति हुँदा जिल्लामा सडक,विद्युत,यातायात,खानेपानी पुल जस्ता विकासका पूर्वधारहरु केही पनि नभएको स्मरण गर्दै उहाँले आफु प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखी जिल्लामा आमुल परिवर्तन ल्याएको बताउनुभयो । मुख्य मन्त्री डोरमणी पौडेलले आफुलाई मन्त्री […]