संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउँदै

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउँदै

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउनुहुने भएको छ । यहि कात्तिक ३० गते रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जानकारी दिनुभयो ।

उक्त दिन वडा नं ७ को वडा अधिवेशन तथा वृहत् साँस्कृतिक कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा मन्त्री आले सहित नेकपा एसका केन्द्रीय पोलिटव्युरो सदस्य देवशंकर पौडेल,होम बुढाथोकी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा राष्ट्रिय कलाकार सुबोध गौतम, विन्दा परियार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार