सुकाजोरका ७५ जना जेष्ठ नागरीक सम्मानित

सुकाजोरका ७५ जना जेष्ठ नागरीक सम्मानित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका ७५ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो ।

वडाका ८० वर्ष नाघेका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा लगभग २५ जना जेष्ठ नागरीकहरु उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमा उपस्थित हुन नसकेका बाँकी सबैलाई उहाँहरुको घरमै उहाँहरुले प्राप्त गरेको सामान पठाउने व्यवस्था मिलाइएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । जाडोमा ओढ्ने कमल,बक्तिमा पानी तताउने जग,हर्लिक्स,बिस्कुट सहित उहाँहरुलाई सम्मान गरिएको होे ।

रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख थापा मगरले जेष्ठ नागरिकहरू प्रेरणाको श्रोत भएको भन्दै सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

जेष्ठ नागरिकहरु देशको अभिभावक रहेकोले हरेक क्षेत्रबाट सम्मान गरिनुपर्ने उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरुको लागि नेपाल सरकारले हरेक तरहबाट सहयोग गरिरहेको भन्दै उहाँले अब आउने दिनमा जेष्ठ नागरिकहरुको लागि थप नया योजना ल्याई सहयोग र सम्मान गर्नेमा आफु प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

सोहि कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै उहाँले जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने बताउनुभयो ।

जेष्ठ नागरिक परिवार र समाजका गहना भएकोले सबैले जेष्ठ नागरिकहरुलाई आदर र सम्मान गर्नुपर्ने उहाँको भनाई थियो । रामेछाप नगरपालिका वडा नं ७ ले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भक्ता नागरीकको घरघरमा गएर वितरण गर्दै आएको छ । यसले पनि जेष्ठ नागरीकहरुलाई निकै सहज भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार