दशौं महाधिबेशनका लागी रामेछापमा १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा चयन

दशौं महाधिबेशनका लागी रामेछापमा १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा चयन

रामेछापमा नेकपा एमालेले दशौं महाधिबेशनकालागी १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा छनोट गरेको छ । नेकपा एमालेले प्रतिनिधि चयन गर्नका लागि कार्यदल बनाइएको थियो ।

कार्यदलले सर्वसम्मत रुपमा महाधिबेसन प्रतिनिधि चयन गरेको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिको लागि ६५ जनाले उम्मेदवारी दिएको भए पनि कार्यदलको छलफलबाट सहमति जुटेको प्रमुख निर्वाचन अधिकृत पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

नेकपा एमाले रामेछापले दशौं महाधिबेशनकालागी खुल्ला तर्फ शान्तिप्रसाद पौडेल, तुलप्रसाद कँडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, चित्रबहादुर कार्की, पुरुषोत्तम कडरिया, होतराज ढकाल, धुव्रकुमार काकी, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, शम्भुकुमार श्रेष्ठ, ज्ञानकुमार योञ्जन गरी १२ जना चयन भएका छन् ।

त्यस्तै गरी महिला महाधिबेसन प्रतिनिधीमा तर्फ मायाकुमारी कार्की, गंगादेवी कार्की, दिपशिखा दाहाल, हेमकुमारी तामाङ र गीता कार्की चयन भएका छन् । त्यसैगरी दलिततर्फ, मानबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा चयन भएको निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार