जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि सुरु हुँदै 

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि सुरु हुँदैछ । स्कटल्याण्डको ग्लास्गोमा सुरु हुने सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा सहभागित हुन नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली त्यसतर्फ गएको छ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यावसायिक क्षेत्र र सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसभेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन […]

नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा

नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि झन्डै डेढ वर्षदेखि बन्द बस सेवा हिजोदेखि पुनः सञ्चालनमा आएको हो । भारतको उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट हिजो बिहान यात्रुसहित महेन्द्रनगर आइपुगेको छ । यात्रु, चालक र सहचालक सबैलाई स्वास्थ्य जाँचको मापदण्ड पूरा गरेर प्रवेश दिइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले बताउनुभयो । […]

आज पहाडी भू–भागबाहेकका ठाउँको मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भ–ूभागबाहेकका ठाउँको मौसम सफा रहने बताएको छ । मौसम बदली गराउने वा पानी पार्ने प्रणाली नभएका कारण पहाडी बाहेकका भेगको मौसम सफा हुने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार पहाडी भेगमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना रहेको छ । […]

रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा पछिल्लो समय मादलको व्यापार घटेको छ । केही वर्षअघिसम्म तिहारअघि मादलको बिक्री उल्लेख्य हुने गरेको भएपनि अहिले तिहारको सिजनमा मादल बेच्न निक्कै मुश्किल हुने गरेको रामेछाप बजारमा १० वर्षदेखी मादल व्यापार गर्दै आउनुभएका व्यापारी सुजन घिमिरेले बताउनुभयो । गत वर्ष ५ वटा मादल विक्रि भएको भन्दै उहाँले यस वर्ष अहिलेसम्म एउटा पनि मादल विक्री […]

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीद्वारा शपथ ग्रहण

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहीवार आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । हिजो बुधवार यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो […]

बालबालिकाका लागि सरकारले थप १ करोड खोप ल्याउने

सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना र फाइजरको खोप खरिदका लागि तयारी […]

हामीले गरेको कामले नागरीकहरु खुशी छन : वडाअध्यक्ष खड्का

भैगोलिक हिसाबले विकट रामेछाप नगरपालिकाका धेरै वडाहरु अहिले स्थानिय सरकार सन्चालनमा आएपछि फेरिएका छन । नगरपालिकाको सबै वडाहरुमा सडक, विद्युत , यातायात लगायतका विकासका पुर्वधारहरु पुगेका छन । ९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हरेक वडाहरुमा विकासका कामहरुले गति लिएको छ । नगरपालिकाको केन्द रामेछाप बजारबाट सहज रुपमा हरेक वडाहरुसम्म पुग्न […]

नेकपा एसका नेता पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्न लाग्नुभएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । हिजै चार […]

मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने, घरासयी ग्राहकले २० युनिटको ३० रुपैयाँ मात्रै तिर्नुपर्ने

सरकारले मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू गर्ने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै आज नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो ।मङ्सिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले […]

नेपाल तरुणदल स्थापना दिवसको अवसरमा रामेछापमा रक्तदान

नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर आज जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना दिवसको अवसर पारेर संस्थाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सहकार्यमा संस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको […]