सुकाजोरका मिर्गौला पीडित मगरलाई नगद १ लाख १३ हजार सहयोग

उहाँको उपचारमा सहयोग गरिदिन उहाँको परिवारले सवैसँग अनुरोध गरेको छ ।

सुकाजोरका मिर्गौला पीडित मगरलाई नगद १ लाख १३ हजार सहयोग

उहाँको उपचारमा सहयोग गरिदिन उहाँको परिवारले सवैसँग अनुरोध गरेको छ ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका मिर्गौला पीडित ढाल ब मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सुकाजोरका सन्जिव मगरको पहलमा कतारमा रहेका सुकाजोरकै उद्धव मगर र निर ब सिन्जाली मगरको सक्रियतामा त्यहाँ कार्यरत नेपाली कामदारहरुबाट उठाइएको सहयोग रकम आज पीडित मगरको परिवारलाई हस्तान्तरण गरिएको हो ।

नगद १ लाख १३ हजार रुपैयाँ मिर्गौला पीडित मगरकि आमा मनमायाँ मगरलाई उहाँको घरमै पुगेर हस्तान्तरण गरिएको हो । रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समीर कार्की र सन्जिव आले मगरले उत्त रकम संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

विगत १० महिनादेखि दुबै मिर्गौला फेल भएका मगरलाई उपचारमा सहयोग पुगोस् भनेर सहयोगका लागि पहल गर्ने र थप रकम संकलन गर्ने क्रम जारी रहेको सन्जिव आले मगरले बताउनुभयो ।

आर्थिक अवस्था निकै कमजोर भएको मगर परिवारलाई यति बेला निकै समस्या छ । हप्तामा २ पटक मिर्गौला पीडित मगरले डाइलसिस गराउदै आउनुभएको छ । उहाँको उपचारमा सहयोग गरिदिन उहाँको परिवारले सवैसँग अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार