नेपाल तरुणदल स्थापना दिवसको अवसरमा रामेछापमा रक्तदान

नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर आज जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना दिवसको अवसर पारेर संस्थाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सहकार्यमा संस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको […]

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई सफाइ

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले सफाइ पाउनुभएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको मंगलबारको इजलासले सफाइ दिएको हो । खड्कामाथि लगाइएको दुवै मुद्दामा सरकारी दाबी प्रमाण नपुग्ने भन्दै अदालतले सफाइ दिएको रजिष्ट्रार रामप्रसाद पौडेलले जानकारी दिनुभयो। खड्कामाथि करिब डेढवर्षअघि मुद्दा चलाइएको थियो । खड्का माथि […]

नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन

नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन हुनुभएको छ । आज भएको नगरपालिका अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो । अन्य निर्वाचित पदाधिकारीमा : अध्यक्ष – राेषन पाख्रीन उपाध्यक्ष – हरि बहादुर प्रधान सचिव – सुन्दर घिमिरे उप सचिव – कुबेर श्रेष्ठ उप सचिव – माधब ढकाल नेकपा एमाले रामेछापको […]

स्मार्ट सवारी चालक अनुमती पत्रको नयाँ आवेदन खुल्यो

गत वैशाख १६ गतेदेखि बन्द रहेको सवारी चालक अनुमती पत्रको नयाँ आवेदन हिजो देखि फेरि खुल्ला भएको छ । कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै यातायात व्यवस्था विभागले नया आवेदन बन्द गरेको थियो । नयाँ आवेदनको लागि वेबसाइटमा गएर पहिलाको जसरी नै व्यक्तिगत जानकारीहरु सहित भर्न सकिन्छ । सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम […]

एमाले रामेछापको पालिका अधिवेशन जारी

नेकपा एमाले रामेछापको पालिका अधिवेशन आज भइरहेको छ । जिल्लाको ८ वटै स्थानियतहरुमा एमालेका नेता तथा कार्यकर्ता सहभागी भएर नयाँ नेतृत्व चयन र आगामी योजनाहरुको बारेमा छलफल गरिरहेका छन । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा पालिका अधिवेशन भइरहेको बताउनुभयो । जिल्लाको सबै स्थानिय तहहरुमा एकैसाथ कुनै विवाद […]

रामेछापमा चिसो बढ्न थाल्यो

रामेछापमा केहि दिनदेखी चिसो बढ्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको हो । अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार रामेछापसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर, बादल लागेको दिन भने तापक्रम […]

सिन्धुलीमा तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्त सार्वजनिक

सिन्धुली प्रहरीले तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तलाई गिरफ्तार गरी सार्वजनिक गरेको छ ।गत असोज ३० गते दशैंको समयमा सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित लव्दाहाखोला स्थित बगरमा ललाई फकाई ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो । प्रहरीले उनीहरुसँगै अभियुक्त भगाउन सहयोग गर्ने ६ जना आफन्त, एक जीप तथा दुईवटा मोटर साइकल समेत पक्राउ […]

रामेछापमा एमालेको पालिका अधिवेशनको तयारी पूरा

नेकपा एमाले रामेछापले भोलि हुने पालिका अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको छ । गत शनिबार वडाको अधिवेशन गरेको एमालेले कार्तिक ९ गते मंगलबार हुने पालिका अधिवेशनको तयारी पनि पुरा भएको जानकारी गराएको छ । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा एकैसाथ कुनै विवाद रहित ढंगले नेतृत्व चयन […]

रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो

रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा दुई दिनका अबद्यिमा –हिजो र आज) गरी २० हजार ९८ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका सूचना अधिकारी राजेश प्रसाद पालले जानकारी दिनुभयो । ६ महिना देखी ५ वर्ष भित्रका जिल्लाका २० हजार ९८ […]

बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ । शाखाका प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री […]