काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, निर्वाचन समितिको कार्यतालिका पारित गर्ने तयारी

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आसन्न महाधिवेशनको तयारी तथा अन्य विविध राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो । यसअघि हिजो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको […]

नेपाल बारले आजबाट देशभर आन्दोलन गर्दै, प्रधानन्यायाधीशलाई गेटमै रोक्ने तयारी

नेपाल बार एसोसिएसनले आजबाट देशैभर आन्दोलन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै बारले आजबाट देशभर आन्दोलन गर्ने भएको हो । बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको […]

आजबाट १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

सरकारले आजबाट १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदैछ । अमेरिकाले उपलब्ध गराएको १ लाख ६ सय २० मात्रा फाइजर खोप १८ वर्षमुनिका र १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई लगाउन थालिएको हो । कोभ्याक्स सुविधामार्फत् सहयोग स्वरुप फाइजर बायोएनटेकले विकास गरेको फाइजर खोप आजबाट लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले […]

एमाले महाधिवेशन प्रतिनिधि चयनका लागी रामेछापमा १२ पदमा ६४ को उम्मेदवारी

नेकपा एमालेको महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधि बन्न खुलातर्फ आवश्यकभन्दा ५ गुणा धेरै उम्मेदवारी परेको छ । रामेछापमा खुलातर्फबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेमा बिहीबार निर्वाचन समितिको कार्यक्रम बमोजिम उम्मेदवारी दिने समयसीमा भित्र उक्त संख्याका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ५ जना महिला प्रतिनिधिको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । […]

रामेछाप एमाले लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन

नेकपा एमाले रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन भएका छन् । लामो रस्साकस्सी पश्चात आज नेतृत्व चयन भएको हो । कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो । बुधबार र आज बहिबार बिहानसम्म भएको छलफलले अध्यक्षमा भीमबहादुर तामाङलाई चयन गरेको हो । एमाले प्रचार […]

१२ औँ राष्ट्रिय जनगणना सुरु, रामेछापमा २९८ जना गणक खटिए

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाका अनुसार जिल्लाका ८ वटा स्थानिय तहमा २९८ जना गणक खटाइएको बताउनुभयो । उहाँका […]

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएराति डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यसैगरी खाना पकाउने एलपिजीग्याँसको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ। निगमले गत कात्तिक १२ गते मात्र डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ र एलपिजी ग्याँस प्रति सिलिण्डर ५० रुपैयाँ […]

आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरू

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । जनगणनामा सहभागि हुन सरकारले सबै नागरिकलाइ आग्रह गरेको छ । यस पटक मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ जनगाणना गर्न लागिएको हो । देशको पछिल्लो स्थितिलाइ लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको […]

रामेछाप मन्थलीमा माइक्रोबस दुर्घटना,चालक घाइते

रामेछापको मन्थली नगरपालिका वडा नं २ आकाशेमा आज माईक्रोबस दुर्घटना भएको छ । बा १ ज ७५८२ नम्बरको माईक्रो विहान अन्दाजी ८ बजेको समयमा दुर्घटना भएको हो । मन्थली बजारबाट यात्रु लिन आकाशे हिँडेको माईक्रो फर्काउने क्रममा ब्रेक फेल भएर सकडबाट अन्दाजी ६ मिटर तल खसेको रामेछाप प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा चालक […]

भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणनाको लागि सबै तयारीे पूरा

भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ का लागि सबै तयारीे पूरा भएको छ । जनगणनाका लागि आवश्यक सामग्रीसहित गणकलाई जिल्ला खटाइसकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार राष्ट्रिय जनगणनाको मुल गणनाका लागि ३९ हजार गणकलाई जिल्लामा खटाईएको छ । उहाँले भोली राष्ट्रपति विद्यादेवी भण्डारीबाट गणनाको फारम भरेर राष्ट्रिय जनगणना २०७८को […]