रामेछापमा कान्छाराम २९ सय ८९ मतले अघि,पछ्याउँदै ढुंगेल

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणाम अनुसार प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । प्रदेश क मा नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले अग्रता लिइरहनुभएको छ । प्रदेश ख को भने मतगणना सुरु गरिएको छैन । अहिलेसम्मको अवस्थामा कान्छारामले […]

रामेछापमा गठबन्धन दलका उम्मेदवारको अग्रता

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणाम अनुसार गठबन्धन दलका उम्मेदवारको अग्रता कायमै छ । प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । प्रदेश क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ । प्रदेश ख को भने मतगणना […]

रामेछापको प्रदेश सभा (क) मा श्रेष्ठ अगाडी,पछ्याउदै पौडेल

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणम अनुसार प्रदेश सभा क मा ११ सय ८३ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ । उहाँले ११ सय ८३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले एक हजार ५० मत प्राप्त गर्नुभएको छ […]

रामेछापमा दोब्बर मतले कान्छाराम अगाडी,पछ्याउदै ढुंगेल

रामेछापमा प्रतिनिधि  तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणम अनुसार नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । अहिलेसम्म २३ सय २३ मत गणना हुँदा कान्छारामले १२ सय २५ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कैलाश ढुंगेलले ६८७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश क […]

रामेछापमा राती ९:३० बजेपछि मात्रै मतगणना सुरु हुने

आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना आज रातीदेखि गर्ने तयारी थालिएको छ । भर्खरै सम्पन्न सर्बदलिय बैठकले राती ९:३० देखी गर्ने सहमति जनाएका छ्न । १ लाख ८० हजार मतदाता रहेको जिल्लामा हिजो सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।

रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने

हिजो भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना आज साझँबाट गर्ने तयारी थालिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार अहिले सर्बदलिय बैठक बस्ने तयारी भैरहेको छ । बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु हुने उहाँले बताउनुभयो । निर्वाचनमा खटिएका सबै कर्मचारीहरु केही दिनदेखि सुत्न नपाएको कारण उनिहरु थकित रहेको […]

रामेछापमा मतदान गरे लगतै गयो ज्यान

रामेछापको लिखु तामाकाशि गाउँपालिकामा मतदान गरेर फर्किदै गर्दा एक जना बृद्धको ज्यान गएको छ । गाउँपालिकाको वडा नं ४ दुसिम निबासी बर्ष ७१ का ठग बहादुर सुनुवारको ज्यान गएको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । मतदान गरिसके पश्चात् मतदान स्थलबाट बाहिर निस्कने बित्तिकै अचानक बेहास भएका सुनुवारको अस्पताल लैजादा गर्दा बाटोमै ज्यान […]

रामेछापमा ४८ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछापमा दिउँसो ३ बजेसम्म ४८ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार दिउँसो ३ बजेसम्म ४८ प्रतिशत मतदान भएको हो । स्थानीय तहको चुनाबमा जस्तो मतदाताहरुमा यो चुनाबमा उत्साह देखिएको छैन । नेपालमै सबै भन्दा धेरै मतदाता रहेको निर्वाचन क्षेत्र रामेछाप हो । रामेछापमा प्रतिनिधिसभा सदस्यका […]

रामेछापमा २ युवाहरुमाथि कुटपिट,दुबैको अवस्था गम्भिर

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवाहरुमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाईकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देविलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना युवाहरुको समुहले उनिहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो […]

रामेछापमा एक सय एक बर्षका वृद्ध नर बहादुरले गरे मतदान

आज बिहान सात बजेदेखि भइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा रामेछापका एक सय एक वर्षका वृद्ध नर बहादुर कार्कीले मतदान गर्नुभएको छ । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थिति हिलेपानी मतदान स्थलमा कार्कीले मतदान गर्नुभएको हो । २००७ साल देखि पटक पटक आफुले मतदान गर्दै आएको उहाँले बताउनुभयो । यो पटक पनि भोट […]