१५ महिनामुनिका बालबालिकालाई नियमित खोप नछुटाउन आग्रह

सरकारले १५ महिनामुनिका बालबालिकालाई दिनुपर्ने नियमित खोप नछुटाउन आग्रह गरेको छ । कोरोना महामारीको समयमा पनि बालबालिकालाई दिनुपर्ने नियमित खोप दिइरहेको भन्दै सरकारले खोप नछुटाउन आग्रह गरेको हो । नियमित खोप नलगाउँदा दीर्घकालिन रुपमा विभिन्न सङ्क्रामक रोगको सङ्क्रमण, अपाङ्ग र मृत्यु हुने दर बढ्ने भएकाले आफ्ना बालकालिकाको उमेर अनुसार नियमित खोप लगाउनुपर्नेमा स्वास्थ्य तथा जनसङ्ख्या […]

अबको तीन दिन दिउँसो कम पानी पर्ने

अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसमविद्ले बताएका छन् । हिजोअस्ति देशभरी नै वर्षा गराएको प्रणाली कमजोर भएकाले अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठले आज दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । यस्तै राति प्रदेश १ […]

देशभरको मौसममा सुधार, आज सुदूरपश्चिमको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानै घाम लागेको छ । मनसुन सक्रिय भएपछि गत बिहीबारदेखि देशका धेरै ठाउँमा झरी परेको थियो । हिजोसम्म पानी पारेको प्रणाली केही कमजोर बनेकाले आज बिहानै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार त्यो प्रणाली केही कमजोर बनेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा […]

अझै केहीदिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

मौसम पूर्वानुमान महाशाखाले अझै केहीदिन भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।आजदेखि मौसम विस्तारै खुल्ने महाशाखाले अनुमान गरेपनि मनसुनी न्यूनचापिय रेखा अझैपनि नेपालको तराई भूभाग नजिकै रहेकाले आगामी केहीदिन थप पानी पर्न सक्ने बताइएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखाको प्रभावले अहिले प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा […]

आजपनि देशका अधिकांश स्थानमा पानी पर्ने, भोलिबाट मौसम सुधार हुने

मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश स्थानमा वर्षा हुने बताएको छ । अहिलेपनि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित […]

आज भारीदेखि अति भारी वर्षाको सम्भावना

आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षा हुँदा […]

आज रातिदेखि पानी पर्ने क्रम बढ्नेः बाढी, पहिरो र डुबानको जोखिम

आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएको छ । मनसुनी वायुको प्रभावले आज रातिदेशभरकाधेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा […]

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्को पूर्वानुमान

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले भोलि बेलुकीदेखि ठूलो पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी पहाडी भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । भोलि बेलुकीदेखि शनिबारसम्म नै झरीको सम्भावना रहेकाले बाढी–पहिरोको जोखिम बढ्नेछ […]

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि […]

आज धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थनमा मेघगर्जन तथा चट्याङको संभावना रहेको पनि महाशाखाले जनाएको छ । काठमाडौं […]