डिजेल, पेट्रोल, मट्टितेलको मूल्य फेरि बढ्यो

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ ।

एलपी ग्याँसमा अत्यधिक घाटा भए पनि ग्याँसको मूल्य यथावत राखिएको निगमले जनाएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार