देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिए

देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिए

जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका छन् । देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूमा अहिले मतदाता नामावली दर्ता गराउन चाहनेहरूको भिड छ, तर आवश्यक जनशक्तिको भने अभाव देखिएको छ ।

अहिले पालिका स्तर र जिल्ला निर्वाचन कार्यालयमा गरेर देशभर एकैदिन २६ हजार भन्दा नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् । निर्वाचन कार्यालयमा मतदाता परिचयपत्र बनाउनेहरूको भिड भएपनि कर्मचारीको अभाव छ । काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्राविधिक मुगाराम राईका अनुसार एक जनाले एक दिनमा सय जना भन्दा बढिको नाम दर्ता गराउन संभव छैन ।

निवार्चनको मिति औपचारिक रुपमा घोषणा नहुन्जेल मतदाता नामावली दर्ता गर्ने क्रम निरन्तर चल्ने भएकाले समय मिलाएर नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ । काठमाडांैमा मात्रै ६लाख ३४ हजार मतदाता छन् । मङ्सीर १७ गतेबाट सुरू भएको मतदाता नामावलि सङ्कलन अभियानका क्रममा आज सम्म ३१ हजार २सय ८९ हजार मतदाता थपिएका छन् ।

जो जहाँ छन् त्यहिबाट नाम दर्ता गर्न सकिने व्यवस्थाले नागरिक उत्साहित भएका छन्, तर कर्मचारी अभाबले जिल्ला निर्वाचन कार्यालयहरूमा नामावली सङ्कलनको काम व्यवस्थीत भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार