रामेछाप सहित देशभरका ४८ जिल्लामा निषेधाज्ञा जारी

कोरोेना भाइरसको सङ्क्रमण बढेसँगै देशविभन्न जिल्लामा कहीँ पूर्ण र कहीँ आंशिक निषेधाज्ञा जारी छ । स्थानीय प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाहरुमा कोरोना सङ्क्रमितको अवस्था हेरी पूर्णदेखि आंशिक निषेधाज्ञा जारी गरेका हुन् । गृहमन्त्रालयको तथ्यांक अनुसार हालसम्म पूर्ण र आंशिक गरी ४८ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि देशभर […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस सङ्क्रमणबाट ६ वर्षकी बालिका सहित ९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । आजको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सुनसरीकी […]

नेपालमा चार महिनामा चट्याङ लागेर ५२ जनाको मृत्यु

नेपालमा चट्याङ लागेर मात्र चार महिनाको अवधिमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । वैशाखयताहिजोसम्ममा चट्याङ लागेर ५२ जनाको मृत्यु भएको र एक सय ६५ जना घाइते भएको राष्ट्रिय विपदजोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार वैशाख१गतेदेखि भदौ ४ गते साँझसम्मको तथ्याङ्कअनुसार दुई सय १७जना चट्याङबाट प्रभावितभएका छन् ।गत जेठ ३० गतेदेखि नेपालमामनसुन सुरु भएको हो […]

तत्काल दश हजार थान भेन्टिलेटरको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले सरकारलाई तत्काल १० हजार थान भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई समितिले निर्देशन दिएको हो । समितिको भर्चुअल बैठकले कन्ट्याक्ट ट्रेसिङ बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। समितिले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव रोशन पोखरेल, स्वास्थ्य […]

अब लक्षण भएका कोरोना सङ्क्रमितलाई मात्रै उपचारका लागि अस्पताल भर्ना गरिने

सरकारले लक्षण भएका कोरोना भाइरस सङ्क्रमितलाई मात्रै कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालमा राख्ने निर्णय गरेको छ ।पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दर बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्रै अस्पतालमा भर्ना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय हिजो सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले […]

काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी

काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारीहरूको हिजो साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो […]

नेपालमा कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाको मृत्यु

देशभर कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाले ज्यान गुमाएका छन् । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो […]

संविधान विपरित अस्थायी कर्मचारी भर्ना गर्ने तीनै सरकारबीच प्रतिस्पर्धा

केही महिना यता सरकारी निकायले अस्थायी र करारमा कर्मचारी भर्ना गरिरहेका छन् । स्थानीय तह हुँदै प्रदेश र सङ्घीय सरकारले पनि धमाधाम अस्थायी कर्मचारी भर्ना गर्न थालेपछि सर्बत्र आलोचना भएको छ । लोकसेवा आयोगको सिफारिसमा बढीमा ६ महिनाका लागि कर्मचारी भर्ना गर्न सकिने व्यवस्था भएपनि, आयोगसँग कसैले सिफारिस लिएका छैनन् ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालय […]

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु

नोबेल कोरोना भाइरसको महामारीका कारण बिभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु भएको छ । विदेशमा अलपत्र नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आगामी १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान जारी रहने छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति […]

सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचार गरिरहेका अस्पताललाई अनुदान दिने

सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचार गरिरहेका अस्पताललाई अनुदान उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना भाइरसको सङ्क्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७’ अनुसार तोकिएको समयभित्र विवरण बुझाउन अस्पतालहरूलाई अनुरोध गरिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो । लक्षण नभएका वा सामान्य लक्षण भएका घरमै भएको तर स्वास्थ्यकर्मीले निगरानी […]