रामेछापमा १८८ जना कोरोना सङ्क्रमित निको

रामेछापमा १८८ जना कोरोना सङ्क्रमित निको

रामेछाप जिल्लामा कोरोना भाइरसलाई जित्नेको सङ्ख्या १८८ पुगेको छ । जिल्लामा थप एक जना संक्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । शुक्रबार नेपाल बिद्युत प्राधिकरण मन्थली रामेछापमा कार्यरत ४५ वर्षका पुरुष कर्मचारीले कोरोनालाई जितेँर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । हालसम्म जिल्लामै स्वाब सङ्कलन गरिएका १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा अहिलेसम्म १८८ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन । जिल्लामा अहिले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना चिकित्सक सहित मन्थली नगरपालिकामा आठ जना र जिल्ला अस्पताल रामेछापमा एकजना गरी नौँजना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा ९७ जना, रामेछाप नगरपालिकामा २८ जना ,गोकुलगंगा गाउँपालिकामा २५ जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा दशजना , जिल्ला अस्पतालमा नौँ जना ,उमाकुण्ड गाउँपालिकामा दुईजना , खाँडादेवी गाउँपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा तीनजना कोराना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ८२ जना र पुरुष १८७ जना गरी २६९ जनालाई कोरोना सङ्क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार