ओखलढुङ्गामा बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक

ओखलढुङ्गामा बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक

ओखलढुङ्गामा बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि उनी बलात्कृत भएको घटना खुलेको प्रहरीले जनाएको छ । घटना बाहिरिएपछि आरोपित चम्पादेवी गाउँपालिका २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । बालिकाले आफू २०७६ फागुन २८ गते बलात्कृत भएको बताएको परिवारको भनाइ छ । बालिका बिरामी भएपछि रामेछापको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचारका लागि लगिएकोमा बालिकाले मङ्सिर १३ गते बच्चा जन्माएकी थिइन्, उनको अहिले उपचार भइरहेको छ । बालिकासँग सोधपुछपछि बलात्कृत भएको बताएपछि परिवारका सदस्यले सोमबार उजुरी दिएका थिए । उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिव कट्टेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार