रामेछापमा सबै गाडिका चालकहरूका लागि जुत्ता अनिवार्य

रामेछाप ट्राफिक प्रहरीले सबै गाडिका चालकहरूका लागि जुत्ता अनिवार्य गर्ने भएको छ । कतिपय चालकहरुले चप्पल मात्र लगाएर गाडि चलाउँदा पसिना बढी आउने र सो क्रममा चप्पल चिप्लने र चप्पल अड्किएर पनि ब्रेकमा सहि निसाना नलाग्ने हुँदा दुर्घटना हुने गरेको प्रमाणका आधारमा जिल्लाभर चल्ने सबै किसिमका यातायातका चालकहरुलाई ट्राफिक प्रहरीले मंगलवारबाट अनिवार्य रुपमा जुत्ता लगाउनु […]

मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

रामेछापको मन्थली नगरपालिकाले १११ औँ अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । जसअनुसार लोक गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता,जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका […]

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुँदै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुने भएको छ । वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता अनुसार खेलाडीहरुको हौसला बढाउन प्रतियोगिताको आयोजन गरिएको वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता यहि फागुन २२ र २३ गते हुनेछ । रामेछाप नगरपालिका वडा नम्बर ८ टुडिखेलमा प्रतियोगिता सन्चालन हुने छ । […]

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने भएको छ । सुनकोशी नदीको पानी १३ किलोमिट सुरुङ्गबाट मरिण हुदै वाग्मतिमा मिसाई तराईमा सिंचाईको व्यवस्था मिलाउने गरि आयोजना निर्माण गर्न लागिएको हो । यहि फागुन २० गते उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आयोजनाको निमार्ण स्थल कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारमा शिलान्यास गर्नु हुने […]

रामेछापका माझी समुदायले मनाए लदी पर्व

रामेछापका माझी समुदायले आज खोलालाई भगवानको रुपमा सामुहिक पुजा गर्दै धुमधामका साथ मौलिक पर्व लदी पर्व मनाएका छन । रामेछापको तामाकोशी,सुनकोशी,लिखु लगायतका नदी तथा खोलाहरुको किनारामा बसोबास गर्ने माझी समुदायले यो पर्व मनाएका हुन । उनिहरुले खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर खोलालाई सामुहिक पुजा गरेका छन । रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुुरमा माझी […]

रामेछाप नगरपालिकामा स्थानिय महिला उद्यमी सन्जाल गठन

रामेछाप नगरपालिकामा विभिन्न पेशा तथा व्यवसायमा अबद्ध महिलाहरुले स्थानिय महिला उद्यमी सन्जाल गठन गरेका छन । विमला श्रेष्ठको अध्यक्षतामा ७ सदस्य समिती गठन गरिएको छ । जसअनुसार अध्यक्ष विमला श्रेष्ठ,उपाअध्यक्ष अम्विका श्रेष्ठ,सचिव स्वस्तिका रोका,कोषाअध्यक्ष,कृष्ण कुमारी नेवा खड्गी र सदस्यहरुमा क्रमश . फुलमाया तामाङ,ज्ञानुका देवी बस्नेत कार्की र विमला मगर रहेका छ । रामेछाप नगरपालिकाका उपप्रमुख […]

रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

रामेछापको रामेछाप नगरपालिकाले १११ औँ अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षतामा बसेको बैठकले अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । जसअनुसार मोटरसाईकल तथा स्कुटर र्याली,म्युजिकल चियर,खुल्ला लोकगित प्रतियोगीत र […]

रामेछाप कुनौरीमा मिनी ट्रिपर दुर्घटना,चालक गम्भिर घाईते

रामेछापको मन्थली नगरपालिकाको कुनौरीमा मिनी ट्रिपर दुर्घटना भएको छ । आज दिउँसो हात्तीटारबाट मन्थलीतर्फ बालुवा लिएर आउदै गरेको बा ३ ख ५३६७ नम्बरको मिनी ट्रिपर दुर्घटना भएको हो । दुर्घटनमा परी चालक ३१ वर्षिय टेक बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठका अनुसार घाइते चाकलको टाउको र दाहिने […]

रामेछाप बजारमा कुखुरा छाडा छोड्दा दुर्घटनाको जोखिम बढ्यो

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप माथिल्लो बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको छ । बसपार्क समेत रहेको माथिल्लो बजारमा अव्यवस्थित रुपमा बजारमै घर भएका शिक्षित व्यक्तिले नै छाडा छोडेर कुखुरा पाल्दै आएका छन । जसका कारण सोहि बाटो भएर आवात जावत गर्ने सवारी साधनहरुलाई कुखुरा […]

सुनापती गाउँपालिका सांस्कृतिक कलाकार समाज गठन

रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा रामेछाप सांस्कृतिक कलाकार समाज गठन गरिएको छ । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समिती गठन गरिएको हो । गठन गरिएको समितीमा अध्यक्ष सुमन खड्का,उपाअध्क्षमा दिपक खड्का,महिला उपाअध्यक्षमा रमिला श्रेष्ठ,सचिवमा प्रेम खड्का,सहसचिवमा वशन्त कार्की,कोषाअध्यक्षमा सन्देश श्रेष्ठ,सहकोषाअध्यक्षमा सिजा चौलागाई,संयोजकमा भिमसेन गौतम,सल्लाहकारमा राज मैनाली,किरण राज घिसिङ्ग र पवन विक्रम परियार […]