रामेछाप सम्पर्क समिती दक्षिण कोरियाद्वारा स्वास्थ सामग्री हस्तान्तरण

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाद्वारा स्वास्थ सामग्री हस्तान्तरण

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछाप जिल्लाका एक अस्पताल सहित ८ वटै पालीका लागि विभिन्न स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराएको छ । सर्वसाधारणलाई कोभिड उपचारमा सहजता होस भन्ने उदेश्यले पालिका र अस्पतालहरुमा स्वास्थ्य सामाग्रि आबश्यक बनिरहेको वेला सम्पर्क समितिले करिब १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

२/३ दिनको समय लगाएर सम्पर्क समितिका पदाधिकारिहरुले समबन्धित स्थानमा नै पुगेर पालिकामा स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । सम्पर्क समितिले प्रति अस्पताल र प्रति पालीका करिब १ लाख ३० हजारको दरले कुल ११ लाख ७० हजार रुपैया बरावरको स्वास्थ्य सामाग्रि उपलब्ध गराएको सम्पर्क समितिका अध्यक्ष नवीन श्रेष्ठले बताए । सम्पर्क समितिले सबै पालीकाहरुमा मेयर,प्रमुख र अस्पातलका प्रमुखहरु समेतको रोहबरमा सामाग्रि हस्तान्तरण गरिएको सम्पर्क समितिका निवर्तमान अध्यक्ष रबि प्रताप घिसिङले जानकारी दिएका छन ।

रामेछाप सम्पर्क समितिले चलाएको कोरोना राहत सङकलन अभियानबाट जम्मा भएको पैसाले हामिले स्थानिय तहमा कस्तो स्वस्थ्री सामाग्री दिदा उपयुक हुन्छ र हामिले सहयोग गरेको सामाग्रीले स्थानीय तहमा कसरी सदुपयोग गर्न सकिन्छ भनी अभियानमा सहभागी अभियान्ता कार्यसमिती सस्थाको सल्लाहकार स्थानिय जनप्रतिनिधि र स्वास्थकर्मी लगाएतसङ समन्वय गरि सामग्री खरिद गरि हस्तान्तरण गरिएको समितिले जनाएको छ ।
समितिले मन्थली नगरपालिका र उमाकुन्ड गाउपालिकालाइ एक एक ओटा अक्सिजन कन्सनट्रेटर र रामेछाप नगरपालिका, गोकुलगङगा गाउपालिका, लिखु तामकोशी गाउपालिका, खाडादेबि गाउपालिका, शैलुङ दोरम्बा गाउपालिका, सुनापती गाउपालिका र तामाकोशी अस्पतालाई एक एक थान अति उपयोगी स्वस्थ्य सामाग्री बिप्याप मेशिन( मिनि भेण्टिलेटर मेशिन ), ग्लुको मिटर, मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्स लगाएत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । यो सामग्री प्रबासी नेपाली दाजुभाईबाट सहयोग स्वरुप संकलन गरिएको रकमबाट खरिद गरिएको सम्पर्क समितिले जनाएको छ ।

रामेछाप सम्पर्क समिती दक्षिण कोरिया स्थापना 2016 सालमा भएको सामाजिक सस्था हो । प्रबासी भुमिका नेपाली दाजुभाइलाई साथ सहयोग दिनुका साथै नेपालमा आइपर्ने बिभिन्न आपत बिपदमा समेत विभिन्न सहयोग अभियान चलाइ सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार