रामेछापमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

रामेछाप जिल्लाका आजदेखी ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ । जिल्लामा आजबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । आजदेखि जिल्लाको सवै स्थानीय तहका ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो […]

स्वास्थ्यकर्मीलाई कम पारिश्रमिकमा कामनलगाउन मन्त्रालयको निर्देशन

सरकारले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको पारिश्रमिक भन्दा कममा काममा नलागाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अस्पतालहरुले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको भन्दा कममा काममा लगाएको गुनासो बढेपछि त्यसो नगर्न आग्रह गरेको हो । मन्त्रालयले अस्पतालहरुलाई स्वास्थ्यकर्मीलाई तोकिएको न्यूनम पारिश्रमिक दिन र सबै कर्मचारीलाई सामाजीक सुरक्षा कोष अन्तर्गत अनिवार्य समावेश गर्न पनि निर्देशन […]

कोरोना सङ्क्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताउनुभएको छ । सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको प्रधानमन्त्रीको भनाइ छ । नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश […]

आजबाट कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

नोबेल कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आजदेखि लगाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतकोखोप शाखा प्रमुख डा झलक गौतमका अनुसार काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइनेछ । नेपालमा ६० देखि ६४ वर्षको साढे आठ लाख जनसङ्ख्या रहेको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा […]

रामेछापमा थपिए २७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ७ जना,गोकुलगंगा गाउँपालिकामा ७ जना,दोरम्बा गाउँपालिकामा ४ जना,सुनापती गाउँपालिकामा ५ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६ सय २५ पुगेको […]

नेपालमा १६ जनामा कालो ढुसिको सङ्क्रमण, ४ जनाको मृत्यु

सरकारले कालो ढुसिको सङ्क्रमणको जोखिम कम गर्नका लागि समिति गठन गरेर काम अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ जनामा कालो ढुसिको सङ्क्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले कोलो ढुसिको सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि समिति गठन गरेर अध्ययन सुरु गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार […]

रामेछापमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनापति गाउँपालिका २ का ४७ वर्षका एक पुरुषको आज विहान घरमै मृत्य्ु भएको हो । हिजो मात्रै एन्टिजिन मार्फत उनमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै रामेछाप नगरपालिका वडा नं ३ का ६१ वर्षका अर्का एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको […]

समाजसेवी घिमिरेद्वारा खाद्यान्नका साथै औषधी बितरण

सामाजिक क्षेत्रमा अब्बल व्यक्तित्व भएका समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय गरीब दुःखीहरका लागि भगवान बनेर उभिएका छन् । कोरोना भाइरस देखा परेपछि नेपालमा लकडाउन सुरु भयो । लकडाउन सुरु भएपछि काठमाडौ लगायत विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गरी आफ्नो जीवन धान्दै आएकाहरु खान नपाएर सडक पेटीमा आएपछि साँझको तातो खाना खुवाउदै आएका छन् भने चुलो […]

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिनुभयो । उहाँका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । नेपाललाई हालसम्म […]

२४ घण्टामा देशभर ६ हजार ६३६ जना कोरोना सङ्क्रमणमुक्त

२४ घण्टामा देशभर ३ हजार ४७९ जना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज नियमित जानकारीका क्रममा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । […]