काँग्रेस रामेछापको सभापतिमा कान्छारामद्वारा उम्मेद्वारी घोषणा

काँग्रेस रामेछापको सभापतिमा कान्छारामद्वारा उम्मेद्वारी घोषणा

नेपाली काँग्रेस रामेछापका नेता,समाजसेवी एवम निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले पार्टीको जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले साउन २३ गतेसम्म सकिसक्नुपर्ने रामेछाप काँग्रेसको १४ औँ अधिवेशनमा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । कान्छारामले सुख दुःखमा जिल्लाका नागरिकलाई सकेको सहयोग गर्दै आएको र एक कार्यकाल पार्टीको सभापति भएर काम गर्ने इच्छा लागेको बताउनुभयो । आफू सभापति बनेर जिल्लामा काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने सपना देखेको र त्यहि सपना पुरा गर्न जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार