रामेछाप दुरागाउँमा ६३ बर्षिय वृद्ध महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

रामेछाप दुरागाउँमा ६३ बर्षिय वृद्ध महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ सानापानी बस्ने ६३ बर्षिय बृद्धा महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने सोही गाउँका ३१ वर्षिय राजु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरमा एक्लै बस्दै आएकी बृद्धा महिलालाई रातको समयमा पारी घरभित्र पसेर लडाई जर्बजस्ती करणी गर्न खोजेपछि बृद्धा महिलाले चिच्चाएर गुहार मागेपछि ती युवक घटनास्थलवाट भागेका थिए ।

घटनाको बिषयमा बृद्धा महिलाले छिमेकीहरुलाई जानकारी गराएपछि छिमेकीको सहयोगमा पिडीत महिलाले इलाका प्रहरी कार्यालय धोवीमा लिखित उजुरी दिएकी थिइन ।

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धोवीवाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँवाट युवक कार्कीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याएको हो ।

हाल उनलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनलाई जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट दुई हप्ताको म्याद थप गरेर थप अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार