अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः नेता थापा

प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आग्रह गर्नुभएको छ । उहाँले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य राजनीतिक दाउपेच छाडेर महामारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँ अब कोरोना सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाउनेको […]

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आज दिउँसो सपथ

नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई गयराति प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ भने आज दिउँसो साढे […]

रामेछापमा थपिए ४४ जना कोरोना संक्रमित

रामेछापमा आज थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज उमाकुण्ड गाउँपालिकाका २१ जना, खाँडादेवी गाउँपालिकाका २१ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसिआर परीक्षणबाट २१ जना र एन्टिजेन्ट परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी […]

कोरोना सङ्क्रमण न्युनीकरणमा रामेछापका स्थानीय तह सक्रिय

रामेछापमा कोरोना सङ्क्रमणको दर बढेपछि स्थानीय तहहरु सङ्क्रमण न्यूनिकरणमा सक्रिय भएका छन् । जिल्लामा कोरोनाको दोस्रो लहरका कारण सङ्क्रमण दर बढ्दै जादा ८ वटै स्थानीय तहहरु सङ्क्रमण न्यूनिकरणमा जुटेका हुन् । कोरोना सङ्क्रमितहरुको पहिचान, ओसारपसार तथा उपचार र आइसोलेसनमा राख्नेदेखि पूर्वाधार विकाससम्ममा स्थानीय तहहरु क्रियाशील बनेका छन् । बढ्दो सङ्क्रमणको लहरलाई रोकथाम तथा न्यूनीकरण गर्न […]

रामेछाप सहित निषेधाज्ञा गर्ने जिल्लाको सङ्ख्या ७३ पुग्यो

देशमा रामेछाप सहित निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रामेछाप जिल्लाभर आज राति १२ बजेदेखी निषेधाज्ञा हुने छ । भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा […]

आजदेखी रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । आज राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ । जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर आज राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी […]

भोलिदेखि रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । भोलि राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ । जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर भोलि राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी […]

देशभर ९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ३८ जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थतथा जनसंख्यामन्त्रालयले आजआयोजना गरेको पत्रकार सम्मेलनमाप्रवक्ता डा. जागेश्वर गौतमले २० हजार ३ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामाकोरोना पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७जनामापोजिटिभ देखिएको छ । २४ घण्टामा […]

देशका विभिन्न भागमा मौसम बदलीःमौसम विभाग

जलतथा मौसम विज्ञान विभागले आज पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई वर्षा हुने बताएको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । विभागले आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण दैनिक जसो वर्षा भएको बताएको छ। […]

एकैदिन रामेछापका ८१ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । रामेछापमा आज एकैदिन थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज दोरम्बा गाउँपालिकाका ११ जना,रामेछाप नगरपालिकाका ८ जना र मन्थली नगरपालिकाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ७९ जनाको पीसीआर विधि र १२ जनाको एन्टिजेन विधिबाट परीक्षण सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको […]