टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइँदै
दसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् । यो क्रम पूर्णिमाको दिनसम्म नै चलिरहन्छ । हिजो आफ्नै घरमा टीका लगाएकाहरूआजदेखि टाढाका आफन्तकोमा टीका थाप्न जाने चलन छ । […]