रामेछापमा पौष ७ गतेदेखी बालबालिकालाई खोप लगाईने

खोप अभियान विद्यालयमा सञ्चालन हुने

रामेछापमा पौष ७ गतेदेखी बालबालिकालाई खोप लगाईने

खोप अभियान विद्यालयमा सञ्चालन हुने

रामेछाप जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप यहि पौष ७ गते देखी १० गते सम्म लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाका अनुसार जिल्लाका ८ वटै स्थानिय तहसँग सहकार्य गरेर सबै विद्यालयका बालबालीकालाई कोभिड १९ बिरुद्धको खोप लगाउने तयारी भइरहेको छ ।

कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भएको भन्दै प्रमुख खतिवडाले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गर्नुभएको छ । बालबालिकालाई लगाइने खोप अभियान विद्यालयमा सञ्चालन हुनेभएकाले पनि थप सहज भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार