आजपनि बालबालिकालाई कोरोनाविरुद्धको खोप मोडर्ना लगाइँदै

देशभरका ५७ जिल्लामा सुरु भएको कोरोनाविरुद्धको खोप अभियान आजपनि जारी

आजपनि बालबालिकालाई कोरोनाविरुद्धको खोप मोडर्ना लगाइँदै

देशभरका ५७ जिल्लामा सुरु भएको कोरोनाविरुद्धको खोप अभियान आजपनि जारी

आजपनि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइँदैछ । हिजोबाट देशभरका ५७ जिल्लामा सुरु भएको कोरोनाविरुद्धको खोप अभियान आजपनि जारी छ ।

विशेषगरी १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई सरकारले हिजोबाट कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले आ–आफ्नो विद्यालयमा अनिवार्य खोप लगाउन आग्रह गरेको छ ।

पुस १३ गतेसम्म मोडर्नाको खोपको पहिलो मात्रा लगाइने भएकाले सबै स्थानीय तहलाई पत्राचार गरिएको महाशाखाले जनाएको छ । मोडर्ना खोप लगाएको ३ देखि ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले सरकारले सोही अनुसार स्थानीय सरकारलाई खोप अभियान सुरु गर्न यसअघि नै परिपत्र गरिसकेको छ ।

खोपको दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म लगाइने छ । बालबालिकालाई लगाइने खोप अभियान विद्यालयमा सञ्चालन भइरहेकाले थप सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार